फेरि बढ्यो, पेट्रोलियम पदार्थको मूल्य


प्रकाशित मिति : बैशाख ३, २०७५ सोमबार

वैशाख ३, काठमाडौं । मंगलबारदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा २÷२ रुपैयाँ मूल्य बढाएको हो ।

मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १०६ रुपैयाँमा उपलब्ध हुनेछ भने डिजेल र मट्टितेल प्रतिलिटर ८७ रुपैयाँमा बजारमा पाइनेछ । इन्डियन आयल कर्पोरशनले भाउ बढेको मूल्यसूची पठाएपछि निगमले नेपालमा पनि बढेको जानकारी दिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com