समिट एयरको विमान ठूलो दुर्घटनाबाट जोगियो


प्रकाशित मिति : बैशाख ३, २०७५ सोमबार

वैशाख ३, सोलुखुम्बु । समिट एयरको विमान दुर्घटनाबाट जोगिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट तेञ्जिङ हिलारी विमानस्थल लुक्ला आएको नाइन एनएएमएच कल साइनको उक्त जहाज ठूलो दुर्घटनाबाट जोगिएको हो। सोमबार बिहान लुक्लाका लागि उडेको उक्त जहाज धावनमार्गमा ल्याण्ड गर्ने क्रममा उफ्रिएर पछाडिको भागले जमिन छोएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए। अटो प्लाइलटअन गर्न भुलेर विमानको पछाडिको भागले जमिन छोएकाले पनि अन्य कुनै क्षति नभएको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ। विमानमा १८ जना विदेशी नागरिक सवार भए पनि मानवीय क्षति नभएको प्राधिकरणले जनाएको छ। विमानमा सामान्य क्षति पुगेपछि काठमाडौंबाट इन्जिनियरको टोली आई चेकजाँज गरेपछि दिउँसो ३ः१० मा पुनः काठमाडौं नै फर्किएको छ। खुम्बु पासाङ ह्लामु गाउँपालिका २ मा रहेको उक्त विमानस्थल निकै व्यस्त विमानस्थल हो। प्राविधिक दृष्टिकोणले यो विमानस्थल अतिसंवेदनशील मानिन्छ। धावनमार्ग अति छोटो भएकाले पनि उडान भर्दा समस्या आउने गरेको विमान चालकहरू बताउँछन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com