आज प्रचण्डले संसद् बैठकमा सम्बोधन गर्ने


प्रकाशित मिति : कार्तिक ३, २०७३ बुधबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका संसद्मा सम्बोधन गर्ने भएका छन् । भारत भ्रमण, ब्रिक्स–बिम्स्टेक सम्मेलन, संविधान संशोधनलगायत समसामयिक विषयमा सदनमा उठेका विषयमा जवाफ दिन प्रधानमन्त्रीले संसद्मा समय मागेका हुन् । बुधबार अपराह्न तीन बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।

संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले प्रधानमन्त्रीले सम्बोधनका लागि समय माग गर्ने बताएका हुन् । कुँइकेलले भने, ‘समसामयिक विषयमा सम्वोधनका लागि प्रधानमन्त्रीले समय माग गर्नुभएको छ । बुधबारको बैठकमा उहाँले नियमित कार्यसूचीभन्दा पहिले नै सम्बोधन गर्नुहुनेछ ।’

प्रधानमन्त्री प्रचण्डले यसअघि भारत भ्रमणका विषयमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले नै संसद्मा सम्बोधन गर्दै जवाफ मागेका थिए । यस्तै, अन्य प्रतिपक्ष दलहरूले पनि सहमतिका विषयमा असहमति प्रकट गर्दै जवाफ माग गरेका थिए ।

मङ्गलबारको संसद्मा प्रधानमन्त्रीको अघिल्लो भारत भ्रमण र हालै सम्पन्न भारतको गोवामा सम्पन्न ब्रिक्स सम्मेलनलगायत सांसदहरूले जवाफ माग गरेका थिए । प्रतिपक्ष दलहरूले संविधान संशोधनबारे पनि सरकारको धारणा माग गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै मङ्गलबारको बैठकमा काँग्रेस सांसद राधेश्याम अधिकारीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विदेश भ्रमण स्वीकृतको कारण र प्रयोजनबारे प्रधानमन्त्रीसँग जवाफ मागेका थिए । समसामयिक विषयमा सदनलाई जानकारी गराउनका लागि प्रधानमन्त्रीले समय लिएका हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com