बुद्धको जन्मथलोबारे श्रीलंकामा भ्रमपूर्ण प्रचार


प्रकाशित मिति : बैशाख २, २०७५ आईतबार

बौद्ध धर्मावलम्बीको आकर्षण केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मथलोबारे गलत सूचना प्रचार भइरहेको पाइएको छ । म्युजियमभित्र राखिएको बुद्धबारेको सूचनामा लेखिएको छ, ‘गौतम बुद्ध, हु वाज बर्न इन इन्डिया… ।’

सन् २०१७ मा श्रीलंका घुम्न छिरेका २१ लाखभन्दा बढी पर्यटकमध्ये आधाजसो क्यान्डी पुगेको श्रीलंकन टुरिज्म, ट्राभल्स इन्फर्मेसन सेन्टरको तथ्यांक छ। यो तथ्यले क्यान्डी पुग्ने कति धेरै पर्यटकले बुद्धको जन्मथलोबारे गलत सूचना पाइरहेका छन् भन्ने बुझाउँछ।

भारतले बुद्ध नेपालमा जन्मेको अकाट्य तथ्यलाई बंग्याएको कोलम्बोस्थित नेपाली राजदूत विश्वम्भर प्याकुरेल बताउँछन्। गलत सन्देश फैलाइँदा बुद्धको जन्मथलो लुम्बिनी ओझेलमा पर्न सक्ने उनको बुझाइ छ। गलत सूचना फैलिरहेको तथ्यबारे जानकार प्याकुरेलले केही महिनाअघि यसबारे परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको बताए।

गलत तथ्य सच्याउन परराष्ट्रले कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘बुद्धको जन्मथलो लुम्बिनी नभएर भारत हो भन्ने गलत तथ्य तत्काल सच्याउनुपर्छ। यसबारे परराष्ट्र मन्त्रालयले नै गम्भीरता देखाउनुपर्छ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो खबर आजको कान्तिपुर दैनिकमा छ, कोलम्बोबाट करिब १ सय १८ किलोमिटर दूरीमा रहेको क्यान्डीमा बुद्धको दाँतको अस्तिधातु छ, जसलाई विश्वभरिका बौद्ध धर्मावलम्बीले श्रद्धाका साथ हेर्छन्। भारतीय म्युजियमभित्र रहेको अन्य तथ्यपरक सामग्रीमा पनि गलत जानकारी रहेको एक श्रीलंकाली पत्रकारले बताए। ती पत्रकारका अनुसार श्रीलंकामा भारतीयले सञ्चालन गरेका कैयन् ट्राभल्स एन्ड टुर्स कम्पनीले बौद्धमार्गी श्रीलंकालीलाई भारतका विभिन्न भूभाग घुमाउँछन् र लुम्बिनी पनि भारतमै पर्ने बताउँछन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com