अमेरिका पुर्याइदिन्छु भन्दै अफ्रिकी देश टोगो पुर्याइ अलपत्र पार्ने एकजना पक्राउ
प्रकाशित मिति : चैत्र ३०, २०७४ शुक्रबार
अमेरिका पुर्याइदिन्छु भन्दै अफ्रिकी देश टोगो पुर्याइ अलपत्र पार्ने एकजना चितवनको भरतपुरबाट पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले पर्साका सुरेन भनिने मोहन श्रेष्ठलाई पक्राउ गरेको हो । उनले अमेरिका र क्यानडाको मल्टिपल भिसा लगाई ती देश पुर्याउने भन्दै टोगो पुर्याएर पिडितलाई ६ महिनासम्म होटलमा बन्धक बनाइराखेको प्रहरीले जनाएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






