भारतबाट पाँच नेपाली चेलीको उद्धार


प्रकाशित मिति : चैत्र २७, २०७४ मंगलबार

भारत आगरा शहरको काश्मिरी बजारस्थित कोठीबाट पाँच नेपाली चेलीको उद्धार गरिएको छ ।

माइती नेपाल क्षेत्रीय कार्यालयका संयोजक केशव कोइरालाको नेतृत्वमा नेपालगन्जबाट गएको टोलीले भारतीय प्रहरीको सहयोगमा सो कोठीमा छापा मारी १७ देखि २२ वर्ष उमेर समूहका पाँच नेपाली र चार भारतीय युवतीको उद्धार गरिएको हो ।

उद्धार गरिएका नेपाली र भारतीय चेलीलाई अहिले आगराकै नारी निकेतन संस्थामा राखिएको छ ।

“अहिले मुद्दा प्रक्रिया शुरु भएकाले उद्धार गरिएका चेलीलाई नेपाल ल्याउन नसकिएको हो”–क्षेत्रीय संयोजक कोइरालाले आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ।

कोठीबाट उद्धार गरिएका नेपाली सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर र धादिङ जिल्लाको भएको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com