हवाई सेवा बन्द हुँदा बिरामी मर्कामा
प्रकाशित मिति : चैत्र २७, २०७४ मंगलबार
रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा एक वर्ष देखि हवाई सेवा बन्द भएको छ । नियमित हवाई सेवाका लागी नागरिक उडयन प्राधिकरणले करोडौं रकम खर्च गरेर धावनमार्ग कालोपत्रे गरेको भएपनि हाल उक्त धावनमार्ग प्रयोग विहीन भएको छ ।
रुकुम सल्यान र जाजरकोट जिल्लाका नागरिकलाई मध्यनजर गरी २०२८ सालमा स्थापना गरीएको विमानस्थल हाल ठप्प रहेको छ । चौरजहारी विमानस्थलमा वर्षाै वितिसक्दा पनि हवाई उडान सुचारु नहुदा यसक्षेत्रका सर्वसाधारण एवम,जटिल प्रकृतिका बिरामी, तथा गर्भवती महिलाहरु मार्कामा परेका छन् ।
हवाई सेवा संचालनको लागी स्थानियवासीहरुले पटक– पटक क्षेत्रिय कार्यालय नेपालगञ्ज र काठमाडौमा सम्पर्क गर्दा पनि हाल सम्म उडान सुचारु हुन नसकेको नेपाल नागरिक उडयन प्राधिकरण चौरजहारीका निमित्त स्टेशन ईन्चार्ज सुरेन्द्र नेपालीले वताउनुभयो ।
उपचारको लागी नेपालगञ्ज र काठमाडौ लैजानुपर्ने विरामीहरु हवाई सेवा वन्दहुदा जोखिममा राखेर गाडी प्रयोग गर्नुपर्ने अवस्था सृजना भएको छ । हवाई सेवा नहुदा चौरजहारी नगरपालिका वडा नं ९ का ४३ वर्षिय ईन्द्र वहादुर मल्लको मृत्यु भएको छ । चौरजहारी अस्पताल वाट थप उपचारको लागी नेपालगञ्ज रेफर गरीएका मल्लको समयमा अस्पताल पुरयाउन नसक्दा विच वाटोमा मृत्युभएको थियो ।
नयाँ संघिय संरचना अनुसार नगरपालिका कामय गरीएको चौरजहारीमा हवाई सेवा वन्द गरेर प्राधिकरणले ३ जिल्लाका स्थानिय वासीहरुलाई अन्याय गरेको नगर प्रमुख विशाल शर्माले वताउनु भयो । यस क्षेत्रका सर्वसाधारण तथा जटिल प्रकृतिका विरामीहरु र पर्यटन प्रर्वद्धनको लागी हवाई यातयात सेवा सुचारु गर्न पहल गर्ने नगर प्रमुख शर्माले बताउनुभयो ।