कांग्रेसमा गच्छदारको असन्तुष्टि बढ्यो


प्रकाशित मिति : चैत्र २७, २०७४ मंगलबार

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपूर्व कांग्रेसमा समाहित विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम पक्षका नेता कार्यकर्ता व्यवस्थापनमा समस्या देखिन थालेको छ।

एक दशकअघि कांग्रेस त्यागेर मधेसी–थारु राजनीतिमा होमिएका गच्छदार गत असोज ३० असोजमा कांग्रेसमै फकिएका थिए। कांग्रेसमा समाहित हुँदा जारी प्रेस विज्ञप्तिमा पार्टी समायोजनबारे ठोस उललेख नभए पनि केन्द्रदेखि तल्लो निकायसम्म पार्टी समायोजन गर्ने सहमति भएको थियो।

सहमतिको चार महिना बित्दा पनि तत्कालीन फोरम लोकतान्त्रिकका नेता–कार्यकर्ताले कांग्रेस समितिमा स्थान नपाएपछि असन्तुष्टि व्यक्त गर्न थालेका छन्। अघिल्लो साता दाङका तत्कालीन लोकतान्त्रिक फोरमका जिल्ला सभापति बिन्तिराम यादवले कांग्रेस कमिटीले समायोजन गर्न नमानेको भन्दै प्रेस सम्मेलन गरी असन्तुष्टि व्यक्त गरे।

महामन्त्री योगेन्द्र चौधरीले एकीकरणको बेलाको सहमतिअनुार पार्टी समायोजन हुन नसक्दा असन्तुष्टि देखिएको पुष्टि गरे। ‘केन्द्रमा सभापति गच्छदारलाई कांग्रेस उपसभापति, १५ जना केन्द्रीय सदस्य बनाउने कुरा भएको थियो’, उनले भने, ‘जिल्लादेखि स्थानीय तहसम्म पार्टी समायोजन गर्ने कुरा थियो।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केन्द्रीय कार्यसमिति बैठकमा गच्छदार उपस्थित भए पनि उनको पद अहिलेसम्म प्रष्ट छैन। संसदीय दलको नेता निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचित भएपछि उनले गच्छदारलाई दलको उपनेता मनोनयन गरेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com