गुल्मी महोत्सव सम्पन्न, एक लाख दर्शकद्वारा अवलोकन


प्रकाशित मिति : चैत्र २७, २०७४ मंगलबार

कृषि, पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्ने उद्देश्यले यहाँमा आयोजना गरिएको तेस्रो गुल्मी महोत्सव सम्पन्न भएको छ ।

उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य, कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ १६ गतेबाट महोत्सव शुरु भएकोे थियो ।

सदरमुकाम तम्घासमा सम्पन्न महोत्सवमा गुल्मीमा उत्पादित विभिन्न कृषिजन्य सामग्रीलाई मुख्य प्राथमिकता दिँदै ढिकी, जाँतो, कोल घुमाएर चिउरीको घिउ निकाल्ने, उखु पेल्नेलगायत लोप हुन लागेका विभिन्न पुराना सामग्री प्रदर्शनमा राखिएका थिए ।

महोत्सवमा करीब एक लाख दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ भने कूल रु छ करोडभन्दा बढीको कारोबार भएको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महोत्सवको अवसरमा विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीसँगै गुल्मी जिल्लामा विभिन्न जाति विशेष रहेका खाना परिकार, विभिन्न संस्कृति झल्किने झाँकी पनि प्रदर्शन गरिएको थियो ।

वाणिज्य संघ गुल्मीले प्रत्येक दुई वर्षको अन्तरालमा महोत्सव गर्दै आएको छ । महोत्सवमार्फत जिल्लामा लुकेर रहेका साहित्य, संगीत, कला, कौशल सीपको संरक्षण सम्वद्र्धन गर्ने, परम्परागत वेषभूषालाई उजागर गर्ने उद्देश्य राखिएको थियो ।

जिल्लामा रहेका ऐतिहासिक, पौराणिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन र प्रचारप्रसार गरी गुल्मीलाई पर्यटकीय गन्तव्य क्षेत्रका रुपमा विकास गरी समग्र आर्थिक सामाजिक विकासमा टेवा पु¥याउने विविध उद्देश्यका साथ महोत्सव गरिएको वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले बताउनुभयो ।

महोत्सवमा जिल्लामा उत्पादन हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ, माछालगायतका अरु कृषिजन्य सामग्री तथा सेरामिक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीलाई उच्च प्राथमिकताका दिइएको थियो ।
महोत्सवबाट आम्दानी भएको रकममध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत वाणिज्य संघको आम्दानीमा राखिने आयोजकले जनाएको छ । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com