सुरु भयो रमाइलो मौसम


प्रकाशित मिति : कार्तिक २, २०७३ मंगलबार

हट्यो सारा हिलोमैलो, हरायो पानीको वर्षा ।
भवानीको भयो पूजा, चल्यो आनन्दको चर्चा । ।

कवि सिद्धिचरण श्रेष्ठले लेखेको यो कविताझैँ दुर्गा भवानीको पूजा (बडा दसैँ) सकिएलगत्तै मनसुन पनि समाप्त भएपछि नेपाली आकाश छ्याङ्ग खुलेको छ । न जाडो र न गर्मी, अत्यन्तै रमाइलो मौसम सुरु भएको छ ।

वातावरणविद्का भनाइमा वर्षभरिमा यो मौसम अत्यन्तै रमाइलो र स्वच्छ वातावरण भएको समय मानिन्छ । वर्षाको हिलो धूलो सकिएर हिउँद लागिनसक्दाको यो समयलाई मौसमविद्ले ‘मनसुनपछिको अवधि’ नामकरण गर्ने गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माका अनुसार नेपालबाट मनसुन गएपछि यो ‘पोस्ट’ मनसुनको अवधिमा प्रायजसो आकाश खुला हुने, पानी, हिउँ नपर्ने, वातावरण पनि स्वच्छ हुन्छ । पानी नपर्दा र आकाश खुल्दा पर्यटन व्यवसायका लागि यो अवधि निकै उपयुक्त मानिन्छ । यो अवधिमा हिमाल हेर्न विदेशी पर्यटक नेपाल भित्रिने र हिमालमा टे«किङमा जाने गर्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो समयमा उच्च हिमाली क्षेत्रमा जाडो बढ्ने हुँदा लेकबाट भेँडा, च्याङ्ग्रा, चौँरी गाई, भैँसी, घोडा लिएर गोठाला पनि तल बेँसीतिर सर्ने तयारी गर्ने गर्छन् भने भोटबाट ढिके नुन बेंसीमा अन्नसँग साट्ने भोटे व्यापारी व्यापारका लागि आउने सुरसार कस्ने गर्छन् । हिमाली तथा उच्च पहाडी क्षेत्रमा रहेका भेँडी गोठ खाली हुने मानवशास्त्री सन्तोष पौडेलले बताए । मानवशास्त्री पौडेलले भने, ‘लेकबाट बेँसीतिर र पहाडबाट तराईतिर छोटो अवधिका लागि बसाइँ सराइ सर्ने बेला यो हो । मानिसले गर्मीका लुगाकपडा थन्काएर हिउँदमा लगाउने बाक्लो लुगाकपडा निकाल्ने र खरिद गर्ने मौसमका  रूपमा लिइन्छ ।’

मानव स्वास्थ्यका दृष्टिले यो अवधि निकै उपयुक्त मानिने डा. नीराजन पाण्डेले बताए । उनले भने, ‘यो मौसम बच्चादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका लागि राम्रो मानिन्छ । न जाडो न गर्मी हुने भएकाले चिसो र गर्मीबाट हुने रोगविहीन मौसम भन्न सकिन्छ ।’

फूलै फूलको मौसमका रूपमा चित्रित शरद ऋतुको मध्यतिरको यो अवधिमा वर्षभरि फुल्ने फूलमध्ये अधिकांश फूल फक्रिसक्ने भएकाले यो अवधि जैविक विविधता अध्ययन अनुसन्धानका लागि निकै राम्रो मानिने राष्ट्रिय वनस्पति उद्यान गोदावरीका प्रमुद दीपक लामिछानेले बताएका गोरखापत्रमा खबर छ ।

उनका अनुसार यो मौसममा प्रशस्त फूल फुल्ने भएकाले रस चुस्न पुतली, चरा आउने हुँदा परागसेचन हुने र चरा, पुतली र फूलको अध्ययन गर्नका लागि यो अवधि निकै महत्वपूर्ण मानिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com