नेवारी संस्कृति मेटाउन खोजिएको भन्दै अमेरिकामा रहेका नेवारबाट प्रधानमन्त्रीको ध्यानाकर्षण


प्रकाशित मिति : चैत्र २४, २०७४ शनिबार

नेपाल सरकारले संविधानको मर्म र भावना विपरित सडक विस्तारका नाममा ललितपुरको ऐतिहासिक क्षेत्र खोकनाका स्थानीयवासीको परम्परा र संस्कृतिलाई नै नामेट गर्ने गरी अभियान चलाएको भन्दै अमेरिकामा रहेका ४ नेवारी संगठन र नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाका तर्फबाट प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइएको छ । नेपाली महावाणिज्य दुतावास, न्यूयोर्कमार्फत ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको हो ।

पत्रमा भनिएको छ  – ‘नेपाल सरकारले संविधानको मर्म र भावना विपरित सडक विस्तारका नाममा ललितपुरको ऐतिहासिक क्षेत्र खोकनाका स्थानीयवासीको परम्परा र संस्कृतिलाई नै नामेट गर्ने गरी चलाएको अभियानप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । खोकनाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचान मेटाउने र त्यहाँका स्थानीयवासीलाई घरवार विहिन हुने गरी सडक विस्तार अभियान सञ्चालन गरिनु गैरन्यायिक र काुनन विपरित छ । त्यतिमात्र होइन विकासका नाममा नागरिकलाई दीर्घकालिन नकारात्मक प्रभाव पार्ने कुनै काम गर्न पाईदैन ।’

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्ने संवैधानिक व्यवस्था भएको मुलुक हो । जहाँ वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरिएको छ । त्यस्तै नेपालको संविधानको धारा २५ ले सम्पत्तिको हकको व्यवस्था गरेको छ भने धारा ३७ ले आवासको हकको व्यवस्था गरेको छ ।’ –  ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

पत्रमा अझ अगाडि भनिएको छ – ‘आदिवासी जनजातिको सम्बन्धमा सन् १९८९ मा भएको पहिलो अन्तर्राष्ट्रिय सन्धी आइ एल ओ १६९ को मर्म विपरित आदिवासी जनजाति र खासगरी नेवारी कला संस्कृति र ऐतिहासिक पहिचानलाई नामेट गर्ने गरी विकासे अभियान सञ्चालन गरिनु र त्यसका लागि स्थानीय जनतासँग गरिएको पूर्वसहमति कार्यान्वयन नगरिनुले राज्यको नियतमाथिनै प्रश्न उब्जिएको छ । त्यतिमात्र होइन उपत्यका विकास प्राधिकरण जस्तो राज्यको जिम्मेवार र अधिकार सम्पन्न संस्थाको आयुक्तको जिम्मेवारी सम्हालेका भाईकाजी तिवारीको अभिव्यक्तिले सरकारको नियत उदांगो पारिदिएको छ । काठमाडौं उपत्यकामा रहेका नेवारहरु आदिवासी होइनन् भन्ने अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । त्यतिमात्र होइन नेपालको संविधान र अदालतले दिएको आदेशको अवहेलना गर्ने छुट कसैलाई छैन । कानुन विपरित अभिव्यक्ति दिने आयुक्त तिवारीको तत्काल राजिनामाको माग गर्दछौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘हामी विकासका विरोधी होइनौं तर विकासको नाममा कुनै विशेष जाति, धर्म, वर्ग, क्षेत्र र समुदायको ईतिहास, परम्परा र संस्कृतिलाई नामेट गर्ने छुट राज्यलाई छैन । अहिले खोकनामा राज्यले चलाएको जवरजस्ती अभियान तत्काल रोकी पूर्वसहमति कार्यान्वयन गर्न तथा स्थानीय जनतालाई मुआव्जाको व्यवस्था गर्न हामी जोडदार माग गर्दछौं । साथै स्थानीय कला, संस्कृति र सभ्यताको रक्षाका लागि गम्भीर हुन नेपाल सरकारसँग आग्रह गर्दछौं ‘ –  ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

ध्यानाकर्षण पत्र नेवाः गुठी, न्यूयोर्क, अमेरिका, वल्र्ड नेवार अर्गनाईजेशन, वल्र्ड नेवार अर्गनाईजेशन युएस च्याप्टर, नेवाः अर्गनाईजेशन अफ न्यूइंगल्याण्ड, अमेरिका र नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाका तर्फबाट बुझाइएको हो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com