म्यानमारमा डुंगा दुर्घटना हुँदा १४ को मृत्यु


प्रकाशित मिति : कार्तिक १, २०७३ सोमबार

मध्य म्यानमारमा भएको एक डुङ्गा दुर्घटनामा १४ व्यक्तिको मृत्यु हुनको साथै दर्जनौँ बेपत्ता भएका स्थानीय अधिकारीले सोमबार जानकारी दिएका छन्। सो डुङ्गामा विद्यार्थी, शिक्षक र केही कामदार सवार रहेका बताइएको छ। शनिबार बिहान सबेरै भएको यस दुर्घटनाबाट १५४ व्यक्तिलाई भने उद्धार गरिएको छ। म्यानमारको मोनीवा सहरबाट ७२ किलोमिटर उत्तरमा पर्ने एक जलक्षेत्रमा सो दुर्घटना भएको थियो।

सो डुङ्गामा २४० देखि २५० जनासम्म सवार रहेको अनुमान गरिएको छ। सो डुङ्गामा प्रायः विश्वविद्यालयका ७० देखि ८० जना विद्यार्थी करिब ३० जना शिक्षक केही चिकित्सक र अन्य १०० भन्दा बढि बीच बाटोमा चढेका व्यक्ति रहेको जनाइएको छ। सो दुर्घटनाबाट बाँच्न सफल भएका २७ वर्षीय एक विद्यायलकी शिक्षिकाले आफ्ना एक वर्षीय छोरा र श्रीमानसँग पारवारिक यात्रा गरिरहेको बताएकी छिन्।

दुर्घटनाको क्रममा आफ्ना छोराको मृत्यु भएको श्रीमानको अवस्था अज्ञात रहेको पनि उनले जानकारी दिएकी छिन्।म्यानमारमा डुङ्गा यात्रामा सुरक्षाको कमी र क्षमताभन्दा बढी यात्रु डुङ्गामा सवार हुनुले नै बारम्बार दुर्घटना हुने गरेको अधिकारीको अनुमान रहेको छ। दुर्घटनापछि सो डुङ्गामा कार्यरत चारजना कर्मचारी कानुनी प्रक्रिया पूरा नगरेका आरोपमा पक्राउ परेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com