प्रचण्डपुत्रको स्टाटसको भारतद्वारा खण्डन


प्रकाशित मिति : कार्तिक १, २०७३ सोमबार

भारतको गोवामा ब्रिक्सको आठौं सम्मेलनका क्रममा शनिबार साँझ भएको भनिएको नेपाल-चीन-भारत त्रिपक्षीय बैठकलाई भारतले एउटा संयोग मात्र भनेको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले आइतवार भएको नियमित पत्रकार भेटघाटका क्रममा ब्रिक्स सम्मेलनस्थल गोवास्थित होटलमा त्रिपक्षीय बैठक नभएको स्पष्टिकरण दिएका हुन् ।

शनिवार राति नै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्र प्रकाश र परराष्ट्र मन्त्रालयलाई उधृत गर्दै नेपाली सञ्चारमाध्यमले नेपाल-चीन-भारतबीच करिब २० मिनेटसम्म त्रिपक्षीय बैठक भएको भन्दै समाचार प्रकाशित गरेका थिए ।

तर भारतीय विदेश मन्त्रलायका प्रवक्ता विकास स्वरुपले गोवामा ब्रिक्स सम्मेलन सकिँदै गर्दा तीन देशका नेताको शनिबार साँझको भेट संयोगमात्र भएको प्रष्टिकरण दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘कुनै त्रिपक्षीय भेटवार्ता भएको होइन । नेपालका प्रधानमन्त्री प्रचण्ड, प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति शी जिनपिङ्गको भेट केबल एक संयोग मात्रै हो’, उनले भने, ‘होटलको प्रतिक्षा रुममा तीन देशका नेता एकै समयमा उपस्थित हुन पुगेका हुन्, यो संयोग भन्दा अरु केही होइन ।’

नेपालका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच साइडलाइन वार्तापछि एक्ला एक्लै होटलको प्रतिक्षालयमा कुरा भइरहेका बेला भारतीय प्रम मोदी आइपु्गेको जानकारी प्रधानमन्त्रीको सचिवालयले गराएको थियो ।

करिब १५ मिनेट चिनियाँ राष्ट्रपतिसँग एक्लाएक्लै प्रचण्डले कुरा गरिसकेपछि थाहै नदिई आइपुगेका मोदीसमेत तीन देशका नेताबीच करिब २० मिनेट अनौपचारिक वार्ता भएको कुरालाई २४ घन्टा नबित्दै भारतीय पक्षले गलत भनेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com