गीत सुन्ने विषयमा तुलसीपुर कारागारमा कैदीबीच झडप


प्रकाशित मिति : कार्तिक १, २०७३ सोमबार

दाङको तुलसीपुरस्थित कारागारमा कैदीबन्दीहरुबीच गीत भरिएको मेमोरी कार्डको विषयमा झडप भएको छ । मा एकजना विक थरका कैदीको टाउकोमा चोट लागेर घाइते भएका छन् ।

रमाइलो गर्न कस्को मेमोरी बचाउने भन्ने विषयबाट सुरु भएको भनाभन कैदी कैदीबीच हातहालाहालको अवस्थामा पुगेको कारागार प्रशासनले जनाएको छ ।गीत बजाउने विषयमा झडप भएपछि झडप गर्नेहरुमध्येका १२ जना कैदीहरुलाई अन्यत्र सरुवा गरिएको काराकारका सूचना अधिकारी रेश्मीराज अधिकारीले जानकारी दिए ।

कारागार व्यवस्थापन विभागको सिफारिसमा देशका विभिन्न स्थानमा रहेका पाँच कारागारमा उनीहरुलाई सारिएको हो । कारागार प्रशासनका अनुसार काठमाडौमा रहेको केन्द्रीय कारागार कार्यालयमा २, डिल्लीबजार कारागारमा २, ललितपुरको नख्खु कारागारमा १, मकवानपुरको भीमफेदी कारागारमा ४ र नवलपरासी कारागारमा ३ जनालाई सारिएको कारोबारमा खबर छ ।

झडपमा संलग्न सबै कैदीलाई कारागार ब्यवस्थापन विभागको निर्देशन अनुसार अन्यत्र सारिएको हो । तुलसीपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीहरु बस्दै आएका छन् । कारागारमा १ सय २५ जना कैदीबन्दी राख्ने क्षमता छ । तर हाल कारागारमा १ सय ९२ जना कैदीबन्दी रहेका छन् । कारागारमा १६ जना महिला र १ सय ७६ जना पुरुष कैदीबन्दी रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com