भारतमा १४ प्रतिशत वैज्ञानिक महिला


प्रकाशित मिति : चैत्र २०, २०७४ मंगलबार

चैत २०, ललितपुर । अझै पनि विज्ञान पुरुषको पेशाका रूपमा हेरिने गरिएको छ । अहिलेसम्मको तथ्यांकअनुसार भारतीय अनुसन्धानकर्तामध्ये १४ प्रतिशत मात्र महिला वैज्ञानिक छन् ।

मणिपुर विश्वविद्यालयमा आयोजित महिला विज्ञान सम्मेलनको उद्घाटन कार्यक्र्रम प्रायः पुरुषको मेला जस्तो देखिन्थ्यो । त्यहाँ उक्त विषयसँग सम्बन्धित दुई जना महिला वैज्ञानिक मात्र मञ्चमा थिए । यो कार्यक्रमले विज्ञानमा महिलाको संख्यात्मक कमीलाई र यो क्षेत्रका महिलाले सामना गर्नुपरेको चुनौतिलाई झल्काएको छ ।

भारतमा २५ प्रतिशत महिला विभिन्न वैज्ञानिक विश्वविद्यालय र संकायमा छन् । जैविक अनुसन्धान संस्थानहरू अपवादमा पर्छन् ।

भारतको अनुसन्धान र विकास संस्थाहरूमा कार्यरत २ लाख ८० हजार वैज्ञानिक, ईन्जिनियर र प्राविधिकहरु मध्ये महिलाहरूले १४ प्रतिशत मात्र स्थान ओगट्छन् । यसको मतलब ३९ हजार ३ सय ८९ जना मात्र महिला छन् । विश्वव्यापी तहमा औसतमा यो कार्यदल २८।४ प्रतिशत छ ।

सन् २०१७ मा भारतको आईआईटीको विभिन्न शाखाहरुको कुल आवेदक मध्ये केवल १० प्रतिशत महिला थिए । यस बाहेक भारतीय राष्ट्रिय विज्ञान एकेडेमी, इण्डियन एकेडेमी अफ साइन्स र नेशनल एकेडेमी अफ एग्रीकल्चरल साइन्सद्वारा प्रदान गरिएको फेलोसिप मध्ये पाँच प्रतिशत मात्र महिलाको लागि छुट्याइएको थियो ।

ईस्रो नामक संस्थाको वैज्ञानिक र प्राविधिक कर्मचारीमा ८ प्रतिशत मात्र महिला छन् । दुर्भाग्य, सन् १९६३ मा स्थापना भएदेखि यसलाई कुनै पनि महिलाले नेतृत्व गरेका छैनन् ।

महिला वैज्ञानिकहरूका अनुसार धेरै महिला स्नातक तह भन्दामाथि र पीएचडीमा भर्ना भए पनि उनीहरूको शारीरिक कारण र पारिवारिक दबाबले गर्दा आफ्ना प्राज्ञिक डिग्रीहरुलाई पेशामा बदल्न असफल भएका छन् ।

धेरै कम महिलाले विज्ञान क्षेत्रमा हुने भेदभावको बारेमा उजुरी गरेका छन् । भारतमा ८१ प्रतिशत महिलाले ९विज्ञान, प्रविधि, ईन्जिनियरिङ र गणितको क्षेत्रमा० क्षमता मूल्याकंनमा लैङ्गिक विभेद भएको महसुस गरेको र ४५ प्रतिशतले हप्तामा ४० देखि ६० घण्टा काम गरेको सर्वेक्षणमा बताएका छन् ।

साभारः– द टाइम्स अफ इण्डिया

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com