भारतमा जातीय आन्दोलनमा सात जनाको मृत्यु


प्रकाशित मिति : चैत्र २०, २०७४ मंगलबार

चैत २०, एजेन्सी । भारतमा दलित समुदायले गरेको विरोध प्रदर्शन हिंसात्मक बनेपछि अहिलेसम्म सात जनाको ज्यान गएको छ। सर्वोच्च अदालतले दलित तथा जनजाति समुदायविरुद्ध हुने ज्यादतिका घटनामा संलग्न भएकाहरुलाई पक्राउ गर्न थप जाँच गर्नुपर्ने निर्णय गरेपछि उनीहरु विरोधमा उत्रिएका हुन्। मध्य प्रदेशका विभिन्न स्थानमा कर्फ्यू लगाइएको छ। निर्णयले आफूहरुमाथिको आक्रमण बढ्ने उनीहरुको तर्क छ। प्रान्तीय सरकारले भने अदालतलाई निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ। उत्तर प्रदेश, झारखण्ड, बिहार, पन्जाबमा पनि प्रदर्शनको प्रभाव परेको छ। सोमबार भारत बन्दको आह्वान गरिएको थियो। भारतमा सन् १०१६ मा मात्रै ४० हजारभन्दा बढी अपराध तल्लो जातविरुद्ध भएको तथ्यांक छ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com