प्रधानमन्त्री प्रचण्डले गोवा पुगेलगत्तै शनिबार भुटानका समकक्षी छरिङ तोप्गेसँग भेटवार्ता गरेका छन् । प्रचण्ड र छिरिङलाई एयर इन्डियाको विशेष जहाजमा सँगै राखिएको थियो ।
भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालमा बाँकी रहेका १५ हजार शरणार्थीलाई सम्मानजनक रूपमा स्वदेश लग्न आग्रह गरेका थिए । तर, भुटानका प्रधानमन्त्रीले फिर्ता लैजाने विषयमा स्पष्ट कुरा गरेनन् ।
‘प्रधानमन्त्रीले बाँकी बसेका शरणार्थीलाई फिर्ता गर्नुपर्छ भन्नेमा जोड दिनुभयो । उनीहरूले यसमा वचन दिएनन् । तर, तेस्रो मुलुक पुनस्र्थापना होस् भन्नेजस्ता कुरा गर्नुभयो । उनीहरू फिर्ता लिने मुडमा थिएनन्,’ परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘भुटान पुरानै अडानमा छ ।’
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।