होटेलहरूमा खुलेआम ड्रग्स पार्टी


प्रकाशित मिति : आश्विन ३०, २०७३ आईतबार

दसैँको अष्टमी दिन सर्वसाधारण घरमा फूलपाती भित्राउन व्यस्त थिए । तर, केही युवायुवती काठमाडौंको दक्षिणतर्फको हात्तीवन रिसोर्टतर्फ लागिरहेका थिए । ठूलो संख्याका विदेशी पर्यटक हात्तीवन रिसोर्टमा जम्मा थिए । रिसोर्टमा दसैँको अवसरमा कुनै कार्यक्रम भएर उनीहरू गएका थिएनन्, ड्रग्स पार्टी आयोजना भएकाले उनीहरू रिसोर्टमा पुगेका थिए ।

हात्तीवन रिसोर्टमा आयोजित पार्टीमा गाँजा, चरेस मात्र होइन, एफफेटाइमानजस्ता महँगा लागुऔषधको समेत कारोबार र सेवन खुला गरिएको थियो । पार्टीमा सहभागीहरू बिहान २ बजेसम्म लागुऔषधमा लट्ठिएका थिए । नशाको तालमा चर्काे गीत बजाएर उनीहरू नाचिरहेका थिए । २ बजे प्रहरीले जबर्जस्ती पार्टी बन्द गराएको थियो ।

लागुऔषध कारोबारको आरोपमा प्रहरीले रिसोर्टका मेनेजर तथा आयोजक तीनजनालाई पक्राउ गरेको थियो । तर, पर्याप्त प्रमाण नपुगेको भन्दै प्रहरीले उनीहरूलाई छाडेको छ । मुद्दा चलाउने आधार भए पनि दबाबका भरमा उनीहरू छुटेको स्रोत बताउँछ । तीन दिन प्रहरी हिरासतमा बसेपछि उनीहरू छुटेका थिए ।

लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)का एसएसपी गणेश केसीले ड्रग्स पार्टी चलिरेहको सूचनाका आधारमा रिसोर्टमा छापा हानिएको बताए । तर, अप्रेसन सफल नभएको उनको भनाइ छ । स्रोतका अनुसार प्रहरीले सो पार्टीबाट केही एमफेटाइमान लागुऔषधसमेत बरामद गरेको थियो । गाँजा र चरेस त सबैजसोले सेवन गरेको प्रहरीले जनाएको नयाँ पत्रिकामा खबर छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीका अनुसार पार्टीमा प्रवेशशुल्क नै एक हजार पाँच सय रुपैयाँ राखिएको थियो । होटेलमा बस्नेहरूलाई प्याकेजमा छुट दिइएको स्रोत बताउँछ । पहिलोपटक यस्तो पार्टीमा नेपाल प्रहरीले छापा हाने पनि प्रहरीले रिसोर्ट सञ्चालक र पार्टीका आयोजकलाई भने कारबाहीको दायरामा ल्याउन सकेन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com