तस्विरमा एमालेको चियापान


प्रकाशित मिति : आश्विन २९, २०७३ शनिबार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले औचित्यका आधारमा संविधान संशोधन गर्न आफ्नो दल तयार रहेको बताएका छन् । एमालेले शनिबार राजधानीमा गरेको चियापान कार्यक्रममा अध्यक्ष ओलीले ‘कसैको आग्रहमा नभइ आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न आफूहरु तयार’ रहेको बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनओटा निकायको निर्वाचन गर्नका लागि पनि संविधान संशोधन आवश्यक रहेको बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि नेपाली कांग्रेस र एमाले मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताए । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभइ कार्यान्वनय हुनै नसक्ने बताए ।मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले कांग्रेस, एमालेलगायत मधेसकेन्द्रित दलहरुबीचको सहमतिबाटमात्रै संविधान संशोधन हुनसक्ने बताए । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले दलहरुले चाहेमा संविधान संशोधन हुने बताए । कार्यक्रममा विभिन्न दलका नेतासहित विभिन्न देशका राजदूत, निजी क्षेत्रका प्रतिनिधि, कलाकार, पत्रकारसहित एमाले नेता–कार्यकर्ताको सहभागिता थियो ।

kp-oli_sherbahadur-deuba

1

6

4

2

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com