आइसल्याण्डकी सांसदले संसदमै बच्चालाई स्तनपान गराएपछि (भिडियो)


प्रकाशित मिति : आश्विन २९, २०७३ शनिबार

 

आइसल्याण्डकी एक सांसदले संसदमै आफ्नो नावालक शिशुलाई स्तनपान गराएकी छिन् । सांसद ब्रा कन्रस्ड्टायरले संसदमा बोलिरहँदा नवजात शिशुलाई स्तनपान गराएपनि संसदभने विना कुनै अवरोध संचालन भएको थियो ।

संसद चलिरहँदा विधयेकको बारेमा बोल्न अवस्था आएपछि स्तपान गराइरहेकी सांसदले बच्चालाई स्तनपान गराउँदै रोष्टममा पुगेर बोलेकी थिइन् ।

तीनबच्चाकी आमा रहेकी ती सांसदले भनिन् – ‘मैले बोल्नुपर्ला भनेर सोंचेकी थिइन । त्यसैले मैले बच्चालाई स्तनपान गराइरहेकी थिएँ । तर अचानक बोल्नुपर्ने अवस्था आयो । एकजना प्रतिनिधीले मैले अगाडि बढाएको प्रस्तावबारे प्रश्न उठाएपछि मैले जवाफ दिनुपर्ने अवस्था आयो । मैले मेरो शिशुलाई स्तनपानबाट छुटाएर रुवाउँदै अर्का सांसदको जिम्मा लगाएर बोल्न जानपनि सक्थें । तर मैले त्यसो गरिन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भिडियोको लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ । 

सांसद ब्रा कन्रस्ड्टायर आइसल्याण्डको पार्लियामेन्टमा जुडिसियल अफेयर्स र एजुकेशन कमिटिकी प्रमुख हुन् । उनले पछि एएफपीसँग कुरा गर्दै भनिन् स्तपान संसारमा सबैभन्दा प्राकृतिक चिज हो । यो अरु काम जस्तै हो ।

स्पेनमा यो बर्षको सुरुतिर एकजना सांसद क्यारोलिना बेस्कान्सालो पााच महिनाको छोरा डियगोलाई संसदमा स्तनपान गराउँदा तीब्र विरोधको सामना गर्नुपरेको थियो । उनको त्यो कदम महिला अधिकारका पक्षमा एउटा कदम थियो ।

विश्व आर्थिक मंचको सुचकांक अनुशार आइसल्याण्ड भने संसारमै महिलाका लागि राम्रो मध्येको देश सावित भएको छ । यो देशमा पुरुष र महिलाबीचको खाडल निकै कम रहेको छ । आयसल्याण्डको संसदमा ४१ प्रतिशत महिला छन् । तर अमेरिका र स्पेनको संसदमा भने क्रमश १५ र १९ प्रतिशतमात्र महिला छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com