मधेसी एसोसीएसन इन अमेरीकाको अधिवेशन न्यूयोर्कमा


प्रकाशित मिति : चैत्र १६, २०७४ शुक्रबार

अमेरीकामा रहेका मधेशीहरुको छाता संगठन, मधेसी एसोसीएसन इन अमेरीका, (माँ) को प्रथम महाधिवेशन आगामी मे २५ र २६ तारिख न्यूयोर्कमा हुने भएको छ । “मधेशी समुदायको सशक्तिकरण र संस्कृती प्रवर्धन” मुल नाराका साथ ढाका क्लव, गुलशन टेरेशमा हुने सो अधिवेशनका लागी ग्रेटर न्यूयोर्क च्याप्टरका अध्यक्ष मनोज सिंहको संयोजकत्वमा महाधिवेशन संयोजन समिति गठन गरिएको छ । माँ ले अधिवेशन सफल पार्न विभिन्न उपसमितिहरु पनि गठन गरेको छ ।
माँ नेपालको मधेशमुल भै अमेरीकामा बस्दै आएका नेपालीहरुको संगठन हो । अमेरीकामा रहेका मधेशीहरुको विचमा एकता र भाइचार अभिवृदि गर्दै मधेशी र समग्र नेपालीको मौलीक पहिचान प्रर्वधन गर्ने उदेश्यका साथ गतवर्ष गठित यस संस्थाको हालसम्म क्यालीफोर्नीया, न्यूयोर्क, अष्टिन पिट्सवर्ग, डिएफडब्ल्यु, न्यू इगंल्याण्ड, वासिगंटन डिसी, शिकागो र ओहायो गरि आठवटा च्याप्टरहरु छन् । “यो अधिवेशन अमेरीकामा रहेका विभिन्न पेशा र व्यवसायमा संलग्न मधेशीहरुका विच सद्भाव, अवसर र अनुभव साट्ने थलो हुनुका साथै मधेश र सिंगो नेपालको मौलिक कला र संस्कृती प्रवर्धनको एैतिहासिक मौका समेत हुनेछ,” अध्यक्ष सुनिल शाहद्धारा जारि विज्ञप्तिमा भनिएको छ । अधिवेशनमा विभिन्न आर्थिक, समाजिक संस्कृतीक विषयका विज्ञहरुको प्रस्तुती रहने छ । अमेरीकाभरका प्रतिनिधिहरु सहभागीहुने सो अधिवेशनले माँ को आगामि कार्यकालका लागी नयाँ कार्यसमिति चयन गर्नेछ । उपाध्यक्ष अमित शाहका अनुसार योे महाधिवेशन संगठनिक र कार्यनीतिक हिसाबले एैतिहासिक महत्वको हुनेछ ।
माँ ले स्थापनाकाल देखि नै अमेरीकामा रहेका विभिन्न गैरनाफामुलक संस्थाहरुसंग समन्वय गरि समाजिक तथा संस्कृतीक गतिविधि संचालन गरिरहेको छ । यो गैरनाफामुलक संस्थाले नेपालमा गत भिषण बाढि पहिरोका पडितको सहयोगार्थ संचालन गरेको राहत कार्यक्रमको सर्वत्र प्रसंशा भएको थियो । त्यतिबेला माँ ले ठुलो परिमाणमा राहत समाग्री वितरण गर्नुका साथै उद्धारका लागी स्वयंसेवक समेत परिचालन गरेको थियोे । “मातृभुमीको लागी यथासक्य सहयोग गर्ने हाम्रो प्रमुख उदेस्य हो” अध्यक्ष शाहले भने । अधिवेशनमा सहभागीताको लागी अमेरीकामा रहेका सबै संघ संस्थाका प्रतिनिधि, बौद्धिक समुदाय र आम सर्वसाधरणलाइ समेत अपिल गर्दै अध्यक्ष शाहले भन्नु भयो, “नेपालीको हितका खातिर सबै संघसंस्थासंग हातेमालो गर्न तयार छौँ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com