ग्रिनकार्ड पाउन कुन सर्भिस सेन्टरबाट कति समय ?


प्रकाशित मिति : चैत्र १५, २०७४ बिहीबार

अमेरिकी सरकारको युएससीआईएसले हरेक १५ दिनमा अपडेट गर्नेगरी ग्रिनकार्ड र अन्य आवेदनका लागि लाग्ने अवधि सहज तरिकाले हेर्न सकिने प्रणाली विकाश गरेको छ । जस अन्तरगत खसोखासका पाठकका लागि हामीले मुख्य मुख्य कुन सर्भिस सेन्टर वा फिल्ड अफिसमा ग्रिनकार्डको आवेदनबारे निर्णय हुन कतिसमय लाग्छ भन्ने विवरण तयार पारिदिएका छौं ।

क्यालिफोर्निया सर्भिस सेन्टरले रोजगारमा आधारित ग्रिनकार्डका लागि ७ महिनादेखि २९ महिनासम्म लगाउने गरेको छ । जसको अर्थ ५० प्रतिशत आवेदनहरु ७ महिनाभित्रको अवधिमा र ९३ प्रतिशत आवेदनहरुमा २९ महिनाभित्रको अवधिसम्म निर्णय दिने गरिएको छ ।

त्यस्तै नेब्रास्का सर्भिस सेन्टरले एसाएइलममा आधारित ग्रिनकार्डका लागि ४ देखि ८ महिना र रोजगारमा आधारित ग्रिनकार्डका लागि साढे १६ देखि साढे २२ महिना लगाउने गरेको छ ५० प्रतिशत आवेदनहरु सुरुको अवधिमा र ९३ प्रतिशत आवेदनहरुमा पछिल्लो अवधिसम्म निर्णय दिने गरिएको छ ।

त्यस्तै टेक्सास सर्भिस सेन्टरले एसाइलममा आधारित ग्रिनकार्डका लागि १४ देखि २१ म्हिनासम्म र रोजगारमा आधारित ग्रिनकार्डका लागि ९ देखि साढे ११ महिनासम्म लगाउने गरेको छ ।

न्युयोर्कको अल्बानी फिल्ड अफिसले रोजगारमा आधारित ग्रिनकार्डबारे निर्णय गर्न साढे ११ महिनादेखि २३ महिनासम्म लगाउने गरेको छ भने परिवारमा आधारित ग्रिनकार्डका लागि साढे ७ महिनादेखि साढे १६ महिनासम्म लगाउने गरेको छ । बाल्टिमोर फिल्ड अफिसले रोजगारमा आधारित ग्रिनकार्डका लागि साढे ७ देखि साढे ११ महिना तथा परिवारमा आधारित ग्रिनकार्डका लागि साढे ७ देखि साढे २१ महिनासम्म लगाउने गरेको छ ।

न्युयोर्कको न्युयोर्क सिटी फिल्ड अफिसले रोजगारमा आधारित ग्रिनकार्डका लागि ९ देखि साढे २१ महिनासम्म र परिवारमा आधारित ग्रिनकार्डका लागि १२ देखि १९ महिनासम्म लगाउने गरेको छ । बु्रकलिन न्युयोर्कको फिल्ड अफिसले रोजगारमा आधारित ग्रिनकार्डका लागि ९ देखि साढे १३ महिना तथा परिवारमा आधारित ग्रिनकार्डका लागि १३ देखि २० महिना लगाउने गरेको छ ।

त्यस्तै न्युयोर्कको क्वीन्स फिल्ड अफिसले रोजगारमा आधारित ग्रिनकार्डका लागि साढे १० देखि २६ महिनासम्म र परिवारमा आधारित ग्रिनकार्डका लागि १२ देखि साढे १७ महिनासम्म लगाउने गरेको छ । क्यालिफोर्नियाको सान फ्रान्सिस्को फिल्ड अफिसले रोजगारमा आधारित ग्रिनकार्डका लागि ९ देखि साढे ११ महिना र परिवारमा आधारित ग्रिनकार्डका लागि साढे ११ देखि १७ महिनासम्म लगाउने गरेको छ ।

तपाईको ग्रिनकार्डको आवेदन अन्य फिल्ड अफिसमा छ भने यहाँ क्लिक गरेर लाग्न समय चेक गर्न सक्नुहुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com