एसाइलम आवेदन दिनेलाई पूर्व एसाइलम अफिसरका टिप्स


प्रकाशित मिति : चैत्र १५, २०७४ बिहीबार

आर्लिंटन एसाइलम अफिसमा सन् २०१४ देखि सन् २०१७ सम्म सिनियर एसाइलम अफिसरका रुपमा कार्यरत हैदी बोआसले एसाइलम गर्न चाहनेहरुलाई विभिन्न टिप्सहरु दिएकी छिन् । उनी हाल मेरिल्याण्डमा कानुन व्यवसायीका रुपमा सकृय कार्यरत रहेकी छिन् । युएससीआईएसमा ४ बर्ष काम गरिसकेपछि उनी सन् २०१८ देखि ल फर्म मार्फत कानुन व्यवसायमा सकृय भएकी हुन् ।

ठूलो ब्याकलग र केसलोड हुने भएकाले एसाइलम अफिसरहरुले सकेसम्म प्रभावकारी रुपमा आवेदनहरु पूरा गर्नमा दवाव हुने तथा एउटा एसाइलम अफिसरलाई एउटा केस हेर्नका लागि झण्डै ४ घण्टाको समय हुने उनको अनुभव रहेको छ । ४ घण्टाकै अवधिभित्र निर्णयको ड्राफ्ट तयार गर्न झण्डै १ घण्टा लाग्ने र सेक्युरिटी चेक लगायतका प्रशासनिक काम गर्न ४० मिनेट लाग्ने भएकाले अन्तरवार्ता झण्डै २ घण्टा हुने उनको अनुभव छ । अन्तरवार्ताका लागि आवेदकलाई बोलाउनुभन्दा अगाडि एसाइलम अफिसरसँग आवेदन पढ्नका लागि झण्डै २० मिनेटको मात्र अवधि हुने उनी बताउँछिन् ।

एसाइलम आवेदन दिंदा समावेश गरिने पर्सनल स्टेटमेन्ट सबैभन्दा महत्वपूर्ण हुने उनको भनाई छ । तर यो व्यक्तब्य धेरै लामो हुन भने जरुरी छैन । उनी भन्छिन्  -‘एसाइलम अफिसरसँगको २० मिनेटको समयमा वकिलले लेखेको लामो कानुनी ब्याख्या पढ्ने समय नहुन सक्छ । त्यो बेलामा अफिसरले आवेदकको व्यक्तिगत स्टेटमेन्टमात्र पढ्न सक्छन् । व्यक्तिगत वक्तब्य पाँच पृष्ठ भन्दा कम र भन्न खोजेको विषय स्पष्ट हुनुपर्छ ।’

किन एसाइलमका लागि आवेदन दिदै हुनुहुन्छ? विगतमा कस्तो हानी बेहोर्नुभएको थियो? भविश्यमा कस्तो प्रकारको डर छ ? विगतमा किन हानी बेहोर्नुपरेको थियो ? भविश्यमा किन हानीको डर छ ? यस्ता प्रश्नहरुको जवाफ व्यक्तिगत स्टेटमेन्टमा दिन जरुरी रहेको तर पारिवारिक पृष्ठभूमी, शिक्षा, रोजगारको इतिहास जस्ता कुरा व्यक्तिगत स्टेटमेन्टमा राख्न जरुरी नभएको उनको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आवेदनको लागि आवश्यक कागजात पेश गर्दा अनावश्यक कागजातहरु पेश गर्न जरुरी नभएको उनको अनुभव छ । स्कुल वा कलेजका सर्टिफिकेट वा कागजात, सयौं पृष्ठका देशको अवस्थाबारेका कागजात पेश गर्न पनि जरुरी नभएको उनको भनाई छ । उनी भन्छिन् – ‘एसाइलम अफिसरहरु देशको अवस्था र त्यहाँ मानवअधिकारको स्थीतिबारे पहिले नै जानकार हुन्छन् । यदि जानकार नभएको खण्डमा पनि त्यो देशबारे रिसर्च गर्छन् । सामान्यतया एसाइलम अफिसरले अमेरिकी सरकारको विदेशमन्त्रालयको मानवअधिकारबारेको रिपोर्टलाई आधार मान्छन् । त्यसैले आवेदकले देशको अवस्थाबारे कुनै कागजात पेश गर्दा अफिसरको ध्यानाकर्षण गर्न खोजेको विषय हाइलाइट गरेर पेश गर्नु उपयुक्त हुन्छ ।’

फर्म आई ५८९ भर्दा विशेष ध्यान दिनुपर्ने र आफ्नो सबै विवरण ठीक तरिकाले पेश गर्नुपर्ने उनको अनुभव छ । यसो गर्दा एसाइलम अफिसरलाई अन्तरवार्ताका क्रममा फर्म रिभ्यु गर्दा समयको बचत हुनेछ । यदि अन्तरवार्ताका क्रममा फर्ममा कुनै वदलाव ल्याउन परेमा अफिसरलाई यसबारे सुची प्रदान गर्नु उपयुक्त हुने उनको सुझाव छ । नाम प्रयोग गर्दा सही र स्पेलिंग चेक गरेर गर्नुपर्ने अन्यथा पुन सेक्युरिटी चेकको अवस्था आउँदा निर्णयमा ढिलाई हुने उनी बताउँछिन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com