अमेरिकी ग्रिनकार्ड वा अन्य आवेदनका लागि लामो समय लाग्यो ? भर्नुहोस् यो फर्म


प्रकाशित मिति : चैत्र १४, २०७४ बुधबार

अमेरिकी ग्रिनकार्ड, नागरिकता वा अन्य आवेदनका लागि युएससीआईएसले तोकेको भन्दा लामो समय लागेमा अनलाइनमार्फत नै विशेष अनुरोध गर्न युएससीआईएसले आवेदकलाई प्रोत्साहित गरेको छ । त्यस्तो अनुरोध आवेदकले सामान्य तरिकाले अनलाइनमार्फत गर्न सक्नेछन् ।

सुरुमा आफ्नो आवेदन कुन प्रकारको हो र कुन सर्भिस सेन्टर वा फिल्ड अफिसमा प्रकृयामा रहेको छ , थाहा पाउनुपर्छ । त्यसपछि त्यो सर्भिस सेन्टर वा फिल्ड अफिसमा त्यो आवेदनको प्रकृयाका लागि कति समय लाग्ने गरेको छ, चेक गर्नुपर्छ । यदि तोकिएको समय भन्दा धेरै समय तपाईको आवेदनका लागि लागेको छ भने तपाईले आवेदनलाई गति दिनका लागि विशेष अनुरोध गर्न सक्नुहुनेछ ।

कहिलेकाँही प्राविधिक त्रुटीका कारण तपाईको आवेदनमा निर्णय दिनमा ढिलाई भइरहेको हुनसक्ने भएकाले विशेष अनुरोध गरेमा त्यस्ता आवेदनहरुबारे युएससीआईएसले निर्णय गर्नेछ । त्यसका लागि अनलाइनबाट अनुरोध गर्न नसक्नेहरुले ८०० ३७५ ५२८३ मा फोन गरेर आग्रह गर्न सक्नुहुनेछ । तर तपाईले फोन वा अनलाइनमार्फत आग्रह गर्दा तपाईसँग रिसिप्ट नम्बर, एलियन नम्बर, फाइल गरेको मिति र फाइल गरेको आवेदनको प्रकार हुन जरुरी छ ।

सुरुमा यो लिंकमा क्लिक गरेर तपाईले आवेदन दिएको फर्म र फिल्ड अफिस वा सर्भिस सेन्टर छान्नुहोस् । उदाहरणको लागि तपाईले ग्रिनकार्डका लागि आवेदन दिनुभएको छ तपाईको आवेदन टेक्सास सर्भिस सेन्टरमा छ भने तपाईले त्यो विवरण हालेर चेक गर्नुपर्छ । टेक्सास सर्भिस सेन्टरमा एसाइलममा आधारित ग्रिनकार्डका लागि १४ देखि २१ महिना लाग्ने गरेको छ भने रोजगारमा आधाररित ग्रिनकार्डका लागि ९ देखि साढे ११ महिना लाग्ने गरेको छ । यदि तपाईको आवेदन त्यो भन्दा पनि लामो समयदेखि पेन्डिङ अवस्थामा छ भने यो फर्म भरेर तपाईले शीघ्र निर्णयका लागि अनुरोध गर्न सक्नुहुनेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com