अब यसरी चेक गर्नुहोस् अमेरिकी ग्रिनकार्ड पाउन लाग्ने अवधि


प्रकाशित मिति : चैत्र १४, २०७४ बुधबार

अमेरिकी सरकारकै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी अन्तरगतको अफिस अफ इन्स्पेक्टर जनरलले युएससीआईएसबाट प्रकाशित ग्रिनकार्ड आवेदनको प्रकृयाका लागि लाग्ने अवधि अवास्तविक रहेको बताएलगत्तै युएससीआईएसले प्रकृयाको अवधिमा अपडेट गरेको छ । नयाँ अपडेट अनुशार ग्रिनकार्डका लगायतका आवेदनका लागि लाग्ने अवधि बढी वास्तविक रहेको युएससीआईएसले दावी गरेको छ ।

नयाँ तरिकाले रिडिजाइन गरिएको युएससीआईएसको वेवपेज अनुशार अब ग्रिनकार्ड, नागरिकता लगायतका आवेदनको प्रकृयामा लाग्ने अवधि सहज तरिकाले हेर्न सकिने भएको छ । वेवसाइटमा गएर फर्मको नाम र फिल्ड अफिस वा सर्भिस सेन्टर छानिसकेपछि त्यो फर्मको प्रकृयामा लाग्ने अवधि सहजै हेर्न सकिन्छ । खासगरी अमेरिकी नागरिकता, ग्रिनकार्ड, ग्रिनकार्डको रिप्लेसमेन्ट लगायतका आवेदनलाई लक्ष्यित गरी पाइलट प्रोगाम लागु गरिएको युएससीआईएसले जनाएको छ ।

यदि तपाईपनि हेर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नहोला ।

यसअगाडि युएसससीआईएसको वेवसाइटमा उल्लेख गरिएको आवेदनको प्रकृयामा लाग्ने अवधि अवास्तविक रहेको भन्दै आलोचना हुने गरेको थियो । साथै अमेरिकी सरकारकै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी अन्तरगतको अफिस अफ इन्स्पेक्टर जनरलले समेत वेवसाइटमा राखिएको विवरण अवास्तविक रहेको भन्दै रिपोटै नै प्रकाशित गरेको थियो ।

नयाँ प्रणाली अनुसार अब युएससीआईएसको आवेदनमाथि लाग्ने प्रकृया अवधि हरेक दुईसातामा स्वत अपडेट गरिनेछ । पुरानो प्रणाली अनुशार हरेक ६ महिनामा अपडेट गरिदै आएको थियो ।

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com