सुटुक्क थपियो मेलम्ची सुरुङको म्याद,नयाँ म्याद २०७५ …


प्रकाशित मिति : चैत्र १३, २०७४ मंगलबार

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको म्याद थप भएको छ । निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसकेपछि मेलम्ची खानेपानी विकास समितिले सुटुक्क समय थपिदिएको हो ।

सुरुङ निर्माण सम्पन्न गर्ने मिति चैत १२ सम्म रहेको थियो । समितिले ७९ दिन थपिदिएर सुरुङ सम्पन्न गर्ने म्याद २०७५ जेठ ३१ पुर्‍याएको छ ।

सम्झौताअनुसार निर्माण कम्पनीले काम गर्न नसकेपछि समितिले यसरी पटकपटक म्याद थपिदिने गरेको छ । निर्माण कम्पनी सीएमसी डी-रेभेना इटलीको लापरबाहीका कारण फेब्रुअरी र मार्चमा मात्रै दुई हप्ता काम ठप्प भएको थियो ।

निर्माण कम्पनीले मजदुरहरूलाई ज्याला नदिएका कारण गत फागुन १६ देखि पाँच दिन काम ठम्म भइको थियो । आजको गोरखापत्रमा यो समाचार छापिएको छ ।

फागुन ३० देखि चैत ४ सम्म कम्पनीले डिजेल नकिनेका कारण काम रोकिएको थियो । निर्माण कम्पनीको लापरशाहीका बारे मेलम्ची खानेपानी विकास समितिका अधिकारीहरूबोल्न चाहँदैनन् । पटक-पटक समय थप गर्नुका कारण पनि उनीहरूले सार्वजनिक गरेका छैनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com