अमेरिका हिँडेका चार सय नेपालीको बिचल्ली : के भन्छ परराष्ट्र ?


प्रकाशित मिति : चैत्र ११, २०७४ आईतबार

अमेरिका जान हिँडेका नेपालीसहितका युवा ल्याटिन अमेरिकी देशमा अलपत्र परेपछि । तस्बिर: दीपेन्द्र घर्ती, अन्नपूर्ण

मानव तस्करलाई लाखौँ रकम दिएर अमेरिका जान स्थलमार्गबाट हिँडेका सयौं नेपाली महिनौदेखि बाटामै अलपत्र परेका छन् । मानव तस्करको पछि लागेर अमेरिका हिँडेका सयौँ नेपालीको ब्राजिल र कोलम्बियासहितका देशमा बिचल्ली भएको हो ।

अमेरिका पुर्‍याउने आश्वासनसहित ती नेपालीसँगै हिँडेका तस्करहरु पैसा लिएर बाटैबाट भागेपछि बिजोग भएको हो । निकरागुवा, कोलम्बिया, बुल्गेरिया, कोस्टारिका, पेरु र मेक्सिकोसहितका ल्याटिन अमेरिकी देशसम्म पुगेका नेपाली ठाउँ ठाउँमा अलपत्र परेका खबर आजको अन्नपूर्णपोस्टमा छापिएको छ ।

करिब ४ सय अलपत्र
मानव तस्करले अलपत्र पारेका ४० नेपाली निगरागुवामा र ३५० जना कोलम्बियामा २७ महिनादेखि अलपत्र रहेका पीडितहरुले बताएका छन् । अन्य देशमा समेत धेरै नेपालीको विचल्ली भएको छ ।

अलपत्र नेपालीले नेपाल सरकार र नेपाली सञ्चार माध्यमलाई आफुहरुको उद्धारको लागि पहल गरिदिन गुहार गरेका छन् । अधिं‌कांश नेपाली अबैधरुपमा पसेकाले ती देशमा बन्दी जीवन बिताइरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्य नेपाली भने अमेरिका छिर्न नसक्दा र फर्कन पनि नसक्दा लामो समयदेखि लुकेर बसिरहेका छन् । कतिखेर एजेण्डा आउँछ र लगेर जान्छ भन्दै होटलमा थुनिएर बसिरहेका नेपालीको झन् बिजोग भएको छ ।

अमेरिका पुग्ने आशमा हिँडेका दीपेन्द्र घर्तीले आफू बोलिभिया हुँदै ब्राजिलबाट कोष्टारिका पुगेर अलपत्र परेको बताए । उनले कोष्टारिकासम्म पुग्न एजेण्टहरु राजेन्द्र अधिकारी र नारायण रेग्मीलाई तीन हजार अमेरिकी डलर तिरिसकेको बताए । ‘भएका पैसा सकिएपछि धेरै नेपालीको विचल्ली भएकोछ’, उनले भने, ‘म ३ हजार अमेरिकी डलर डलर तिरेर कोष्टारिका आइपुगेको छु । यहाँबाट न अघि बढ्ने अवस्था छ न त पछाडि फर्कन नै सक्छु ।’

बाटैमा जान्छ ज्यान

मानव तस्कारको पछि लागेर उक्त रुटबाट अमेरिका पुग्ने सपना बोकेर हिँडेका कयौँ नेपाली बीच बाटैमा ज्यान समेत गुमाउने गरेका छन् । नेपालीहरु भारतको दिल्ली, रुसको मस्को, स्पेन र बोलिभियासहितका देश हुँदै कष्टपुर्ण यात्रा झेलेर जल र स्थल मार्गबाट अमेरिका तर्फ हान्निने गरेका छन् ।

मानव तस्करले मोटो रकम लिएर जहाज, डुंगा, रेल र ट्रकमार्फत जोखिमपूर्ण तरिकाले विभिन्न देशका मान्छे अमेरिका पुर्‍याउँदै आएका छन । पछिल्लो समय तस्करले नेपालीलाई समेत यस्तो जोखिम मोलेर अमेरिका पुर्‍याउने भनेर लाने गरेका छन् ।

अमेरिका जाने सपनासहित नेपालीले ४० देखि अधिकतम ७५ लाखसम्म रकम खर्च गरेर खर्च गर्छन् । पछिल्लो समय डोनाल्ड ट्रप राष्ट्रपति भएपछि मेक्सिकोको सीमामा कडाई गरिएको छ ।

त्यसैगरी आप्रवासीप्रति कडा नीति लिएपछि गैरकानुनी रुपमा प्रवेशी गर्ने नेपालीलाई अमेरिका असहज भएको छ । अमेरिका प्रवेश गर्ने मेक्सिकोको नाकामा कडाइ भएका कारण सयौँ नेपालीको विभिन्न ल्याटिन अमेरिकी मुलुकमा बिचल्ली भएको हो ।

दलाल बोल्नै चहाँदैनन्

नेपालीहरुलाई अमेरिका लाने काममा सक्रिय काठमाडौँका प्रकाश श्रेष्ठले यसबारेमा बोल्नै चाहेनन् । उनले आफुलाई नेपाली अपलपत्र परेकोबारेमा थाहा नभए भन्दै बोल्नै तयार भएनन् । ‘मलाई थाहा छैन’उनले यति मात्रै उत्तर दिए । तर, पीडित नेपालीहरुले उनीसहितका ५ जना भन्दा धेरैले लाखौँ पैसा लिएको भन्दै सम्पर्क नम्बर पनि दिएका छन् ।

परराष्ट्र के भन्छ ?

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरताराज पौडेलले मानव तस्करले उक्त रुटबाट अबैध रुपमा नेपालीलाई अमेरिका लाने गरेको धेरै घटना भेटिएका बताए । उनले मानव तस्करले अलपत्र पारेका धेरै नेपालीलाई पटक पटक परराष्ट्र मन्त्रालय र वासिङटन डिसीस्थित नेपाली राजदुतावासको पहलमा उद्धार गरिरहेको जानकारी दिए ।

पौडेलले जोखिमपूर्ण रहेको भन्दै पटक जमिनको बाटोबा अमेरिका नजान समेत नेपालीलाई सचेत गराइरहेको बताए । ‘हामीले धेरैको उद्धार गरेका छौँ, त्यो बाटो अमेरिका पुर्‍याउने भन्दै धेरै नेपालीलाई मानव तस्करले विचल्ली बनाएका छन्’, उनले भने, ‘त्यो बाटो जोखिमपूर्ण छ भनेर पटक पटक सचेत समेत गराइरहेका छौँ ।’उनले पछिल्लो घटनाबारे आफूहरुसँग सूचना नआएको बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com