न्यूयोर्कमा  गिरिजा बावुलाई सम्झिदै स्मृति सभा


प्रकाशित मिति : चैत्र १०, २०७४ शनिबार

सोमनाथ हुँमागाई

शुक्रवार  नेपाली जनसम्पर्क  समिति न्यूयोर्क च्याप्टर अमेरिकाले गिरिजा प्रसादकोइरालाको ८ औं पुण्य स्मृति दिवस एक स्मृति सभाको आयोजना गरी भव्यताका साथ सम्पन्न गरेको छ ।नेपाली  काँग्रेसका केन्द्रीय सदस्य श्रीमती रत्न शेरचनको  प्रमुख आथित्यमा सम्पन्न भएको उक्त कार्यक्रममा  न्यूयार्कका बिभिन्न संस्थाकाप्रमुख एवं प्रतिनिधिहरूले देश र जनताका निमित्त गिरिजा प्रसादकोइरालाले गरेको योगदानका बारेमा चर्चा गर्दै श्रद्धा सुमन अर्पण गरेकाथिए ।

प्रमुख अथितिको रूपमा बोल्दै श्रीमती शेरचनले नेपालको ईतिहाँसमा लोकतन्त्र प्राप्तिका निमित्त लामो संघर्ष गर्ने महान योद्धाको रूपमागिरिजा प्रसाद कोईरालालाई लिनुपर्ने कुरा राखेका थिए ।उहाँको कद नेपालमा मात्र होईन दक्षिण एसियामा नै उचो भएको बताउँदै, उहाँकाँग्रेसको मात्र नभई समग्र राष्ट्रको नेता भएको कुरा बताएका थिए ।

बिशेष अथितिको रूपमा बोल्दै पूर्व केन्द्रीय सदस्य सुनील कुमारभण्डारीले अपोजिशनको कुरालाई, क्रिटिसाईजलाई  सहज ढंगले सुन्नसक्ने तागत भएको महान लोकतान्त्रिक नेताको रूपमा आफुलेगिरिजा प्रसाद कोईरालालाई चिनेको कुरा बताउँदै, आफु धेरै लामो समय सम्म गिरिजा प्रसादको निकट रहेर केन्द्रीय समितिमा बसेकोहुनाले आफ्नो पुरै व्यक्तिगत जीवनमा गिरिजा प्रसादको प्रभाव परेको कुरा स्मरण गर्दै भावुक बनेर कोईरालालाई श्रद्धासुमन अर्पण गरेकाथिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्का बिशेष अथिति नेकाको आमन्त्रित केन्दीय सदस्य एवं नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले जब नेपालमालोकतन्त्र जोखिममा थियो उतिवेला गिरिजा प्रसाद कोईरालाको निर्देशनमा आफुले अमेरिकाको बिभिन्न सम्बन्धित निकायहरूमा नेपालमालोकतन्त्र प्राप्तिका निमित्त भएको आन्दोलनहरूको नेतृत्व गर्दा गिरिजा प्रसाद कोईरालासंगको सम्बादले आफु अत्यन्तै प्रभावित बनेको कुरास्मरण गर्दै, उहाँ कार्यक्रतालाई अतिनै माया र सम्मान दिने नेताको रूपमा लिएको कुरा राखेका थिए ।

कार्यक्रमका अर्का अथिति नेपालीजनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले गिरिजा प्रसाद कोईराला सेल्प मेड म्यान भएको कुरा बताउँदै, लोकतन्त्र प्राप्तिको निमित्त अनवरत संघर्ष र योगदान, लोकतन्त्रलाई केन्द्रमा राखी माओवदीको हिंसात्मक द्वन्द्वलाई शान्तिपूर्ण ढंगले समाधान, राजसंस्थाको अन्त्य गर्दै,सहमति र सहकार्यको राजनीतिको अध्याय सुरू , उदार र प्रतिस्पर्धात्मक आर्थिकनीति मुलुकमा भित्र्याउँनेनेतृत्वदायी भुमिकाका लागि कोईरालालाई देश र जनताले सधैं सम्झिरहने बताएका थिए ।

अन्य श्रद्धान्जली मन्तव्य राख्नेहरूमा, नेजस केन्द्रीय सदस्य प्रमानन्द खनाल, प्रवासी नेपाली मन्चका महासचिव राधाकृष्ण देउजा, संघियमंन्च अमेरिकाका उपसभापति बिनोद पोमु, रिजुड नेपाली समाजका अध्यक्ष रवि किरण कोईराला, एनआरएन एनसिसिका सचिव होमगौतम, एनआरएन न्यूयोर्क च्याप्टरका सभापति रामहरी अधिकारी,एनआरएन एनसिसिका सदस्य संजय थापा, नेबिसंघ अमेरिका शाखाकासभापति महेन्द्र शाह, स्पोर्ट एण्ड कल्चरका सचिव संजिव श्रेष्ठ, जनजाति संघका प्रेम गुरूंग,नेपाल अमेरिकन कलाकार संघका उपसभापतिडिवी पुलामी, युक्रा न्यूयोर्क च्याप्टरका अध्यक्ष केशवराम राई , शिव बानियाँ , अर्जुन मैनाली, शारदा छेत्री, डम्बर जंग गुरूगं लगायत थिए ।

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाका सभापति रोशन ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको स्मृति सभाको संन्चालनच्याप्टरका महासचिव महेश मल्लले गरेका थिए भने स्वागत मन्तव्य च्याप्टरका उपसभापति अमर तामांगले गरेको उक्त कार्यक्रम स्थानीय ज्याक्सन हाईटको थकाली किचनमा  सम्पन्न भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com