एनआरएनए अमेरिका, न्यूयोर्क च्याप्टरको नारि दिवस कार्यक्रम सम्पन्न


प्रकाशित मिति : चैत्र १०, २०७४ शनिबार

इतिहासका योद्धाहरुको स्मरण गरौँ : महाबाणिज्यदुत मरासिनी

गैर आवासीय नेपाली संघ अमेरिका, न्यूयोर्क च्याप्टरको आयोजनामा अन्तराष्ट्रिय नारि दिवस तथा नेपाली सांस्कृतीक कार्यक्रम भव्यताका साथ सम्पन्न भयो ।
ज्याक्सन हाइट्सस्थित ओमशक्ति मन्दिरमा गत आइतबार आयोजित कार्यक्रममा सहभागी बक्ताहरुले नारि हक अधिकारका लागी विगतमा भएका कयौँन आन्दोलन र अधिकारकर्महरुको स्मरण गर्दै विभेद अझै जारि रहेकोले संघर्ष निरन्तर गर्नुपर्नै बताए । च्याप्टर अध्यक्ष रामहरि अधिकारिको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली महाबाणिज्यदुत मधुकुमार मरासिनीले राणाकालदेखि आजसम्म महिला अधिकारका लागी भएका विभन्न आन्दोलनहरुको परिणामस्वरुप नेपाली महिलाहरु नेतृत्व तहमा पुग्न सफल भएको बताउदै इतिहासका ति योद्धाहरुको स्मरण गरिनुपर्ने बताए । एनआरएनए अमेरिकाका महासचिव बाबुराम लामाले एनआरएनएले महिला एकता र अधिकारका लागी जोड दिएको बताउदै एनआरएनएले गरेका विविध प्रयासहरुको बारेमा जानकारि दिनुभएको थियो भने एनआरएनए अमेरिकाका सचिव होम गौतमले एनआरएनको नेतृत्वमा रहेका महिलाहरुले गरेका विभिन्न समाजीक कामहरुको चर्चा गर्नुभयो ।

एनआरएनए अमेरिका महिला संयोजक इन्दिरा त्रिपाठिले महिला हितका लागी गठन भएका टास्क फोर्सहरुको बारेमा जानकारि दिदै एनआरएनएले नेपालको महिला सशक्तिकरणमा उल्लेख्य भूमीका खेलेको बताउनु भयो । कार्यक्रममा एनआरएनए आइसीसी सदस्यहरु बन्दना कोइराला, विष्णुमान प्रधान र गोमा सेन परराष्ट्र मन्त्रालयका सल्लाहकार खगेन्द जिसी,प्रवासी मंचका उपाध्यक्ष टेक गुरुगं, नर्बदा क्षेत्री, प्रमोद सिटौला, बिष्णुमाया परियार, राजन गौलि, रवि कोइराला, पुनम मल्ल, सुमन बुढामगर, प्रभात सापकोटा, सकुन ज्ञावली, कमला प्रसाइ, गिता खत्रि, गिता खनाल आदिले मन्तब्य ब्यक्त गर्नुभएको थियो । च्याप्टरका महासचिव महेश खड्काले संचालन गर्नुभएको कार्यक्रममा कैलालीको घोेडाघोडीमा बोक्सिको आरोपमा कुटपिटबाट घाइते भएकी राधा चौधरीको सयोगार्थ रकम समेत संकलन गरिएको ।
च्याप्टरकी महिला संयोजक कन्चन बस्नेतको संयोजकत्वमा सम्पन्न कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरु तिलक बम मल्ल, बिमल डाँगी, संगीता छोचेन, बसन्ति राइ, संगीता थापा लागाएतले गितसंगीत प्रस्तुत गरेका थिए । एनआरएनले अन्तराष्ट्रिय महिला दिवसलाइ विभन्न कार्यक्रमका साथ मनाउदै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com