देउवालाई सिटौलाले भने : यस्तै हो भने पार्टी त कब्जा गर्नुहोला, देश अर्कैले कब्जा गर्छन्


प्रकाशित मिति : चैत्र ९, २०७४ शुक्रबार

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवालाई ईशारा गर्दै अब पनि नफेरिए कांग्रेस समाप्त हुने बताएका छन्।

प्रतिनिधिसभा चुनावमा कांग्रेस हारको समिक्षा गर्न बसेको बैठकमा बोल्दै उनले अझैपनि ठिक छु भन्दै हिँड्ने हो र नफेरिने हो भने देश अर्कैको कब्जामा जाने उल्लेख गरेका हुन्। बैठकमा उपस्थित एक नेताका अनुसार सिटौलाले लिखित प्रतिवेदन पेश गरेका थिएनन् तर लामो भाषणमार्फत चुनावी समिक्षा गरे।

‘जस्तो छु त्यस्तै ठिक छ भनेर हिँड्ने हो भने पार्टी त तपाईँले कब्जा गर्नुहोला देश अर्कैको कब्जामा जान्छ,’ उनलाई उदृत गर्दै ति नेताले भने, ‘नीतिगत, रणनीतिगत र नेतृत्वको प्रवृत्ति लगायत सबै कुरामा आमुल परिवर्तन नभइ अब आउने चुनौति पार्टीले थेग्न सक्दैन। पार्टी नै समाप्त भएर जान्छ।’

चुनावमा वाम गठबन्धनसँग प्रतिस्पर्धा गर्न बनाइएको लोकतान्त्रिक गठबन्धनले काँग्रेसलाई घाटा भएको पनि उनले जिकिर गरे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘डेमोक्रेटिक अलाइन्स एकदम गलत थियो। राप्रपा जस्तो पुरातनवादी शक्तिसँग मिलेर निर्वाचनमा जानु गलत थियो। राजपा फोरम जतिसँग हाम्रो तालमेल भयो उनीहरुलाई हामी सहयोगी भयौँ हाम्रा लागि उनीहरु कोहिपनि भएनन्। त्यो हाम्रो एकदम कमजोर रणनीति थियो,’ उनले भने, ‘चुनावी मुद्दा पनि वामगठबन्धनसँग प्रतिस्पर्धा गर्न सक्ने खालको हाम्रो भएन, त्यसैले हामी हार्‍यौँ।’

उनले सुशील कोइरालाले एमालेसँगको राजनीतिक सहमति तोडेको देखि देउवाले चुनावमा मनपरि ढंगले टिकट वितरण गरेको सम्मका विषयमा बोलेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com