ट्रम्प र विडेनबीच पुनः भनाभन सुरु


प्रकाशित मिति : चैत्र ९, २०७४ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो विडेनबीच एक पटक फेरी आरोप प्रत्यारोप शुरु भएको छ ।

गत मङ्लबार पूर्व उपराष्ट्रपति विडेनले यदि माध्यमिक विद्यालयमा पढने विद्यार्थी भएको भए आफूले ट्रम्पलाई व्यायामशालाको पछाडी लगेर कुट्ने बताएको समाचार अमेरिकी सञ्चारमाध्यममा आएपछि बिहीबार ट्वीटरमा सन्देश लेख्दै ट्रम्पले भन्नुभयो, “सनकी जो विडेन एउटा अबुझ व्यक्तिजस्ता देखिएका छन् । वास्तवमा उनी शारीरिक वा मानसिक रूप दुवैमा कमजोर छन् तरपनि उनले मलाई दोस्रो पटक शारिरीक हमलाको धम्की दिएका छन् ।”

राष्ट्रपति ट्रम्पले भन्नुभयो, “उहाँले मलाई चिन्नुभउको छैन । तर उहाँ नराम्रोसँग गिरेर गनगन गरिरहनुभएको छ । विचरा जो कसैलाई नधम्काउनुस् ।”

मायमीमा भएको यौनहिंसाविरुद्धको प्रदर्शनका क्रममा गरेको सम्वोधनमा सन् २०२० मा ट्रम्पसँग अमेरिकी राष्ट्रपतिमा प्रतिस्पर्धा गर्नसक्ने बलियो सम्भावना रहेका विडेनले विद्यालयस्तरमा भएको भए शारिरीक रूपमा नराम्रोसँग कुट्ने भनी उत्तेजक भाषण दिनुभएको अमेरिकी सञ्चारमाध्यम हँुदै अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com