Follow @khasokhasmag

प्रदेशसभा नियमावली सर्वसम्मतले पास


प्रकाशित मिति : चैत्र ९, २०७४ शुक्रबार

चैत ९, विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको आज बसेको बैठकले प्रदेशसभा कार्य सञ्चालनक लागि बनेको प्रदेशसभा नियमावली मस्यौदा प्रस्ताव– २०७४ सर्वसम्मतरुपमा पास गरेको छ ।

मस्यौदा समितिका संयोजक लीलावल्लभ अधिकारीले नियमावली पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुुत गर्नुुभएको थियो ।

पहिलो बैठकमा नियमावलीका विषयमा प्रदेशसभाका १२ जना सदस्यले बोल्नुभएको थियो । प्रदेशसभाको आज बसेको दोस्रो बैठकमा नियमावली सर्वसम्मतरुपमा पास भएको घोषणा सभामुुख प्रदीप भण्डारीले गर्नुुभयो ।

दोस्रो बैठकमा प्रदेशसभा सदस्य उषाकला राईले नियमावलीको केही बँुदामा संशोधनका लागि संशोधन प्रस्ताव राख्नुुभएको थियो । उहाँको प्रस्तावसहित नियमावली सर्वसम्मतरुपमा पास भएको हो ।

मस्यौदाउपर उठेको विषयमा मस्यौदा समितिका संयोजक लीलावल्लभ अधिकारीले जवाफ दिनुुभएको थियो ।

प्रदेशसभाको अर्को बैठक चैत २४ गते बुुधवार बस्नेछ । रासस

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com