फुङलिङको होटल इको भ्यु पोइन्टमा आगलागी


प्रकाशित मिति : चैत्र ९, २०७४ शुक्रबार

चैत ९, फुङलिङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको होटल इको भ्यु पोइन्टमा आगलागी भएको छ ।

सदरमुकाम प्रबेशद्वार हेलप्याड नजिकै रहेको होटलमा शुक्रबार बिहान आगलागी भएको हो ।

करिब पौने ६ बजे आगो लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल र स्थानीयको उपस्थितिमा एक घण्टा पछि आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीले होटलको माथिल्लो तलामा रहेको रेष्टुरेण्ट र किचन जलेर पूर्णरुपमा नष्ट भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com