न्यायसेवा निष्पक्ष र सहज बनाउनुपर्छः महान्यायाधिवक्ता खरेल


प्रकाशित मिति : चैत्र ८, २०७४ बिहीबार

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले कार्यालय भवनको भव्यताले मात्र नागरिकको न्यायप्राप्तिको चाहना पूरा हुन नसक्ने बताउनुभएको छ ।

यहाँ निर्माण भएको उच्च सरकारी वकिल कार्यालयको आज उद्घाटन गर्दै उहाँले कार्यालयबाट हुने सेवा प्रवाह निष्पक्ष र सहज बनाउनेतर्पm कर्मचारीको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

महान्यायाधिवक्ता खरेलले संविधान कार्यान्वयनको प्रक्रिया मुलुकभरि शुरु भइसकेको उल्लेख गर्दै संविधानले निर्दिष्ट गरेअनुसारका संरचना निर्माणको काम पनि अहिले द्रुतगतिमा अघि बढिरहेको छ भन्नुभयो ।

नायब महान्यायाधिवक्ता बद्रीप्रसाद गौतमको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले सरकारी वकिल र प्रहरीको समन्वयबाट मुद्दाको अभिभाजनलाई प्रभावकारी बनाउन सकिने भएकाले यस विषयमा गम्भीर हुनुपर्ने सुझाव दिनुभयो ।
नेपाल बार एसोसिएसन उच्च अदातलका अध्यक्ष बलबहादुर चन्द, सहन्यायाधिवक्ता लक्ष्मीनारायण दाहाल र शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख सुनीलकुमार ठाकुरलगायतका वक्ताले नागरिकको न्यायप्राप्तिको चाहनालाई छिटो र छरितो पु-याउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

रु पाँच करोड ९६ लाख ४८ हजारको लागतमा सो भवन निर्माण भएको हो । निर्माणका लागि २४ महिनाको अवधि तोकिए पनि २० महिनाको अवधिमा निर्माण भएको सो भवन तीन तलाको छ । भवनलाई अपांगमैत्री र भूकम्प प्रतिरोधात्मक बनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com