प्रहरी निरिक्षकले एआईजीको छोरा कुटेपछि


प्रकाशित मिति : चैत्र ८, २०७४ बिहीबार

जनतालाई सुरक्षा दिने र मानव अधिकारको रक्षाका पक्षमा वकालत गर्ने नेपाल प्रहरीको अधिकारीहरु प्रहरी परिवारमै मानव अधिकारको पालना गर्दैनन् भने त्यस्ता प्रहरी अधिकारीबाट मानव अधिकारको कसरी अपेक्षा गर्ने ? कुरा काठमाण्डौको ठमेलको हो । मदिरा पिएर ट्याक्सी चालकसंग झगडा गरिरहेका एकजना प्रहरीका उच्च अधिकारीका छोरा प्रहरी अधिकारीबाटै गम्भिर घाईते हुने गरि कुटिएकाछन् ।

नेपाल प्रहरीका एआईजी कमल सिंह बमका छोरा शुभम बमलाई प्रहरी निरिक्षक सहितको टोलिले नाकको डांडी नै भांचिने गरि कुटपिट गरेकाछन् । ड्यूटीमा खटिएका प्रहरीलाई गालीगलौज र कुटपिट गरेको आरोपमा शुभम बम शुक्रबार राति ठमेलबाट पक्राउ परेका थिए । एआईजीका छोराको संलग्नता रहेको भन्दैे घटना सुरुमा प्रहरीले गुपचुप राखेको भएपनि एआईजी बमको परिवारले बुधवारमात्र घटनालाई सार्वजानीक गरेको छ । एआईजी बमकी धर्मपत्नी महिमा बममे प्रहरीले गलत सूचना दिएको भन्दै आपत्ति जनाएकी छिन् । महिमाका अनुसार शुभमले प्रहरीमाथि कुटपिट गरेको नभै प्रहरी निरिक्षक डिबी लिम्बु सहितको टोलिले शुभमलाई कुटेका हुन् ।

प्रहरी कुटाईबाट घाईते भएका शुभमले ट्याक्सी चालकसंग बिबाद गरिरहेका अवस्थामा प्रहरीले ट्याक्सी चालकको एकोहोरो कुरा सुनेर आफुलाई पक्राउ गरेको र कुटपिट गरेको बताएकाछन् । शुभमका अनुसार शुक्रबारका दिन उनी साथीहरुसंग ठमेल गएका थिए । राती अबेर सम्म मदिरा सेवन गरि घर फर्किने ट्याक्सी खोज्ने क्रममा चालकसंग उनको बिबाद भएको थियो । बालुवाटारबाट ४ सय ५० मा ठमेल आएका बमलाई फर्कदा ट्याक्सी चालकले १ हजार बढी भाडा मागेपछि उनको चालकसंग बिबाद भएको थियो । चलकसंग भाडामा बार्गेनिङ गरिरहेका बेला प्रहरीले मदिरा खाएर बाटोमा हल्ला गर्ने भन्दै आफुलाई बुटले हान्दै गाडीमा राखेको शुभमको भनाई छ ।

शुभमको नाक भांचिएको छ भने देब्रे आंखामुनि निलो दाग छ । कानको जरामा चोटलागेको र मुख सुन्निीने गरि प्रहरीले कुटपिट गरेपछि आफै ट्रम सेन्टरमा उपचार समेत गराएको थियो ।
बमकी आमा महिमाले भने मदिरा पिएको अवस्थामा पक्राउ गरेकोमा कुनै आपत्ति नभएको बताउंछिन् । मदिरा सेवन गरेको अभियोगमा मुद्दा चलाउन सकिन्थ्यो , सार्वजानीक अपराधमा जेल हाल्न सकिन्थ्यो विना कारण कुटपिट गर्ने र नाक भांच्ने अधिकार प्रहरीलाई कस्ले दियो ? महिमाको प्रश्न छ । ‘यदि मदिरा पिएको भनेर पक्राउ गरेको मात्र थियो भने म प्रहरीलाई धन्यवाद दिन्थे र छोरालाई दुई झापड आफै हान्थे ’ उनले भनिन् । हिरासतमा लिएको छोरालाई अनुहारमा चोट लाग्ने गरी पिट्ने अधिकार प्रहीलाई नभएको महिमाको भनाई छ ।
के भएको थियो ठमेलमा ?
९ जनाको समुहमा रहेका शुभम सहितको टोलिसंग एउटामात्र निजी गाडी थियो । त्यसमा नअटेपछि शुभम सहित ३ जना ट्याक्सी खोज्न ठमेल स्थित संचयकोष अगाडी पुगे । सञ्चयकोष अगाडि भेटिएको ट्याक्सीले १५ सय भन्यो । आउंदा ४ सयमा आएको र जांदा १४ र १५ सय भनेपछि रिस उठपछि ट्याक्सी चालकलाई गाली गरेको उनी बताउंछन् । त्यत्तीकैमा चालकले प्रहरी बोलाएको र प्रहरीले चालककै मात्र कुरा सुनेर आफुलाई कुटपिट गर्दै प्रहरी चौकी पु¥याएको शुभम भन्छन् । पक्राउ परेको बिषयमा घरमा खबर गर्न समेत नदिईएको भन्दै गाडीमा मात्र नभई चौकीमा समेत कुटपिट गरेको उनको भनाई छ । लिम्बुको आदेशमा गाडीभित्र प्रहरीले कुटेको र चौकी पुगेपछि लिम्बु आफैले प्रहरीको धाक लगाउने भन्दै कुटेको उनी बताउंछन् ।
छानबिन अन्तिम चरणमा
एआईजीकै छोरालाई गैरकानुनीरुपमा कुटपिट गरेपछि प्रहरीले छानविन टोलि गठन गरेको छ । यो घटनाबारे प्रहरीले आन्तरिक रुपमा छानबिन गरिरहेको छ र छानबिन अन्तिम चरणमा पुगेको जनाएको छ । दरबारमार्ग बृत्तका प्रमुख डीएसपी दानबहादुर मल्लले छानविन भै रहेको कुरा स्विकार गरेकाछन् । एबिसी न्युजसंग कुरा गर्दै डीएसपी मल्लले १२ बजे पछि लोकेशन क्लीयर गर्ने क्रममा शुभम नियन्त्रणमा आएको बताउंदै गल्ती दुबै पक्षबाट भएको बताए । उपत्यका प्रहरी र दरबारमार्ग बृत्त दुबै बाट छानबिन भएको भन्दै मल्लले आजै प्रतिबेदन प्रधानकार्यालय पठाउने जानकारी दिए ।
कहां गयो प्रहरीको मानव अधिकार ?
नेपाल प्रहरी मानव अधिकार र कानुनी शासन प्रति प्रतिबद्ध रहेको प्रहरीले बताउंदै आएको छ । तर प्रहरीका बेलाबेलामा देखिने क्रियाकलापले प्रहरीले भन्ने गरेको मानव अधिकारका कुरा गफै मात्र हो की भन्ने आशंका गर्ने स्थान समेत छाडेको देखिन्छ । अपत्यारिलो ईन्काउण्टर होस वा घटनास्थलमा प्रहरीले गर्ने कुटपिट, दुबै मानव अधिकारका दृष्टिकोणले गलत हुन् । प्रहरीको उच्च अधिकारीका परिवार त प्रहरीबाट सुरक्षित हुंदैनन् भने सर्वसाधारणमाथि प्रहरीको ब्यवहार कस्तो होला ? सहजै अनुमान लगाउन सकिन्छ । एआईजीको छोरा होस वा अन्य कसैको प्रहरीले पक्राउ गर्न सक्छ । पक्राउ परेपछि कानुन बमोजिम कारवाहि चलाउने पर्याप्त ठाउै हुंदा हुंदै कुटपिटमा उत्रीन प्रहरीलाई छुट दिएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com