छोरी जन्माएको भन्दै श्रीमतीलाई यातना


प्रकाशित मिति : चैत्र ७, २०७४ बुधबार

चैत ७, कैलाली । छोरा नभई छोरी जन्माएको भन्दै अझैँ पनि महिलामाथि हिंसा हुन्छ समाजमा । छोरा नजन्माई २ छोरी जन्माएको भन्दै कैलालीको गोदावरी नगरपालिका २ कि २५ वर्षीय कविता जोशीलाई आफ्नै श्रीमान्ले अन्य व्यक्ति लगाएर सामूहिक बलात्कारको प्रयास गरेको पीडित युवती बताउँछिन् ।

दार्चुलाको गोकुलेश्वर घर भएका आफ्नै श्रीमान् धनञ्जय जोशीले साथी लगेर बलात्कार प्रयास गरे पनि उनी भाग्न सफल भएको बताउछिन् ।

५ बर्ष अघि प्रेम विहे गरेका उनीहरुका २ छोरी छन् । छोरी जन्माएको भन्दै धनञ्जयले यस अघि पनि पटक पटक कहिले साथीहरु लगेर बलात्कार प्रयास गर्ने, कहिले मदिरा सेवन गरेर कुटपिट गर्ने गरेपछि उनी डेरा लिएर छुट्टै बस्दै आएकी छन् ।

पटक पटक डेरा परिर्वतन गर्दा पनि श्रीमान्ले खोजे २ छोरी र आँफूलाई कुटपिट गर्दै आएको उनि बताउँछिन् ।

श्रीमान्बाट आजित भएकी कविता ईलाका प्रहरी कार्यालय मालाखेती कार्यालयमा जाँदा प्रहरीले श्रीमान् श्रीमतीको झगडा घरमै मिलाउनु भन्दै फर्काउने गरेको उनको गुनासो छ ।

प्रहरीको जवाफ पछि धनजञ्यले आफुलाई कसैले कही गर्न नसक्ने भन्दै झनै यातना दिइरहेको उनी पीडित युवती बताउँछिन ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com