सुन्धाराको गुलाव मिठाइ पसलमा आगलागी, दुई जना घाइते


प्रकाशित मिति : चैत्र ७, २०७४ बुधबार

चैत ७, काठमाडौं । राजधानीको सुन्धारास्थित गुलाव मिठाइ पसलमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । पसलभित्र रहेका उनीहरुलाई सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएको थियो ।

प्रारम्भिक रिपोर्टअनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।

आगलागी भएको घरको अन्डरग्राउण्डमा पार्किङ स्टोर रहेको बताइएको छ । त्यहाँ जेनेरेट, डिजेल, कोइला लगायतका सामग्री राखिएका थिए ।

आगलागी भएको पसल सीटीसी महल नजिकै रहेको छ । अहिले आगो नियन्त्रणमा लागि दमकल र सुरक्षाकर्मीको टोली खटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com