बालिका बन्धक बनाई बलात्कार गर्ने समूह पक्राउ


प्रकाशित मिति : चैत्र ७, २०७४ बुधबार

–महिला खबर–

ललितपुर । बालिकालाई बन्धक बनाई बलात्कार गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बसका चालक र सहचालक रहेका छन् । प्रहरीले उनीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भोला तामाङ, चन्द्र बहादुर सापकोटा, सन्तोष घिमिरे, दिवस गड्तौला र सुदिप बजगार्इं रहेको महानगरिय परिषर टेकुले जानकारी दिएको छ ।

यस्तो थियो घटना

१५ वर्षकी बालिका गत फागुन १७ गतेदेखि बल्खुबाट हराएकी थिइन् । बालिकाकी आमाले छोरी हराएको भन्दै बालबालिका खोजतलास केन्द्र काठमाडौंमा निवेदन दिइन् । बालिका हराएको विषयमा सञ्चार माध्यम र सार्वजनिक स्थानहरुमा समेत पीडितको फोटो र हुलियासहित पर्चा टाँस गरियो ।

पmागुन १७ गते साँझ घरबाट बल्खुतर्फ निस्केकी बालिका बल्खुचौकबाट काठमाडौंको रिङ्गरोडमा चल्ने वा.४ ख.३८५१ नम्बरको बस चढेकी थिइन् । बसका चालक सन्तोष घिमिरे र सहचालक दिवस गड्तौलाले बसुन्धरास्थित एक ग्यारेजमा लगेर बलात्कार गरे । त्यसको भोली पल्ट १८ गते साँझ बालिकालाई चालक सन्तोष घिमिरेले ललितपुर हरिसिद्दीस्थित कोठामा लगेर ६ दिनसम्म भाग्न उम्कन नदिई कोठामा बन्धक बनाई बलात्कार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

यस्तै फागुन २४ गते बालिका कोठाबाट भाग्न सफल भइन् । त्यही दिन अर्को बसका सह–चालक सुदिप बजगाईंले बलात्कार गरे । २५ गते बालिकालाई सह–चालक दिवस गडतौलाले फेला पारेर सन्तोष घिमिरेलाई जिम्मा लगाए । सोही दिन सन्तोष घिमिरेले पुनः कोठामा लगेर बलात्कार गरेको अनुसन्धानमा खुलेको छ ।

घिमिरेले फागुन २७ गते बालिकालाई सातदोबाटोबाट रिङरोड गुडने बा.२ ख. ४१९५ नं. को गाडीमा चढाइदिए । उक्त गाडी चालक भोला तामाङ र सह–चालक चन्द्र सापकोटाले दिनभर गाडीमा घुमाई स्वयम्भुस्थित एक ग्यारेजमा लगी बलात्कार गरेका थिए ।

फागुन २८ गते बालिकाको स्वास्थ्य अवस्था बिग्रदै गएपछि गर्भ निरोधक औषधि र दुई सय ५० रुपैयाँ दिई स्वयम्भुमा ल्याएर छाडेका थिए ।

अनुसन्धानका क्रममा ललितपुर हरिसिद्दिस्थित सन्तोष घिमिरेको कोठाबाट महिलाले प्रयोग गर्ने गर्भनिरोधको औषधीको खोल, दुई बोतल पिसाव र कन्डमहरु समेत फेला परेको थियो ।

खोजतलासका क्रममा बालिका कराउने, तर्सने, बर्बराउने अबस्थामा स्वयम्भुमा फेला परेकी थिइन् । पक्राउ परेका पाँचै जनालाई जबरजस्ती करणी मुद्दा दर्ता गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com