Follow @khasokhasmag

ट्रम्पले पुटिनलाई चाडै भेट्ने


प्रकाशित मिति : चैत्र ७, २०७४ बुधबार

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमा पुनः निर्वाचित राष्ट्रपति भ्लादिमिर पुटिनलाई चाडै भेट्ने बताउनुभएको छ ।

गत आइतबार निर्वाचित पुटिनलाई भेट्न ढिला नहुने ट्रम्पले मंगलबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा पत्रकारहरुसँग बताउनुभयो ।

अमेरिका भ्रमणमा रहनुभएका साउदी अरबका युवराज मोहम्मद विन सलमान अल साउदसँगको भेटअघि उहाँले भन्नुभयो, “मैले नवनिर्वाचित राष्ट्रपति पुटिनलाई फोन गरेर बधाई दिएको छु ।”

आफुहरुले वासिङटन र मस्कोकोबीचमा भइरहेको हातहतियारको होडबाजीका साथै युक्रेन, सिरिया र कोरिया प्रायद्वीपको बारेमा छलफल गर्ने उहाँले जानकारी दिनुभयो ।

अमेरिकी राष्ट्रपतिको कार्यालयका अधिकारीका अनुसार टेलिफोन बार्ताका क्रममा ट्रम्प र पुटिनले द्विपक्षीय सम्वन्ध र सहकार्यका बारेमा छलफल गर्नुभएको छ ।

मंगलबार सवेरै भएको फोनवार्तामा उहाँहरुले बहुराष्ट्रिय सुरक्षा प्राथमिकता र चुनौतीका बारेमा पनि चर्चा गर्नुभएको छ ।

ट्रम्पले कोरिया प्रायद्वीपको बारेमा पुटिनसँग बढी जोड दिएर कुराकानी गर्नुभएको अधिकारीले जनाएका छन् ।

रुसको राष्ट्रपति पदमा चौथो पटक पुटिन गत आइतबार निर्वाचित हुनुभएको हो । ७६ प्रतिशतभन्दा बढी मत ल्याएर उहाँ आगामी छ वर्षका लागि राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com