डोटीमा माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु, एक जना घाइते


प्रकाशित मिति : चैत्र ७, २०७४ बुधबार

चैत ७, डोटी । माटोको ढिस्कोले पुरिएर डोटीमा एक जनाको मृत्यु भएको छ। दिपायल सिलगढी नगरपालिका ३ दिपायल स्थित कठायत टोलमा माटोको ढिस्कोले पुरीएर एक बालिकाको मृत्यु भएको हो। उक्त ढिस्कोले पुरिएर एकजना गम्भीर घाइते भएका ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख दिलबहादुर कुँवरले जानकारी दिए। मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका ११ बस्ने ३ वर्षकी यसोर्या बलायर रहेकी छन्। केही दिन पहिले उक्त टोलमा सडक खनेको र सोही सडक खनेको ठाउँमा खेल्दै गर्दा माथिबाट माटोको ढिस्को खसेको थियो। सोही माटोको ढिस्कोले स्थानीय ५६ वर्षीय तेजबहादुर शाहु गम्भीर घाईते भएका प्रहरीले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com