प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै कायम हुने : प्रचण्ड


प्रकाशित मिति : चैत्र ७, २०७४ बुधबार

चैत ७, हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै कायम हुने बताएका छन् ।

उनले सरकारका सबै काम हेटौंडाबाटै सुचारु भएकाले अब राजधानी सार्न सम्भव नभएको बताएका हुन् । बुधबार बिहान प्रेस सेन्टर नेपालले सिराहामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले पहिलेको सरकारले राजनीतिक सहमतिका आधारमा राजधानी हेटौंडा तोकेकाले राजधानी सार्ने कुरामा बहस चलाउनुको औचित्य नभएको बताए ।

‘प्रकृया अगाडि बढिसकेको र कामहरु औपचारिक रुपले सुरु भएकाले बाहिर भएको हल्ला र प्रचारबाजीले राजधानी सर्ने कुरा छैन ।’ प्रचण्डले भने, ‘जनतालाई भ्रममा राख्दै प्रचारबाजी गर्नुको कुनै अर्थ छैन’ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com