एक छात्रको खातामा अचानक ५ करोड ५५ लाख ५५ हजार भनी आयो एसएमएस


प्रकाशित मिति : चैत्र ६, २०७४ मंगलबार

चैत ६, भारत उत्तर प्रदेशका बाराबंकीमा एक छात्र त्यसबेला हैरान भए जब उनको खातामा अचानक ५ करोड ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ आयो ।

सेन्ट्रल एकेडेमीमा इन्टर लेभलमा पढिररहेका केशव शर्माको एकाउन्ट स्टेट बैंक अफ इन्डियाको सट्टी बजार शाखामा रहेको छ ।

केशवका पिता नरेन्द्र शर्मालाई १६ मार्चका दिन मोबाइलमा अचानक बैंकबाट एक एसएमएस आयो । यसबाट पत्ता लाग्यो कि उनको छोरोको बैंक खातामा अचानक ५ करोड ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ आएको थियो । यति धेरै रकम देखेर उनीहरु हैरान भए ।

उनको खातामा त्यसअघि जम्मा १ लाख २७ हजार मात्र रहेको थियो ।

रकम आएको केही घण्टापछि चेक गर्दा भने एकाउन्टमा एक रुपैयाँ पनि थिएन । आफ्नो खातामा पहिला देखिनै जम्मा भएको एक लाख २७ हजार समेत गायव भएको छ । अहिले उनको खातामा जिरो व्यालेन्स देखाउँछ ।
त्यसपछि उनी बैंकमा गए ।

वैंकले भने उनको पैसा फिर्ता आउने तर केही अनुसन्धानको लागि हाल खाता फ्रिज गरिएको जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com