‘अमेरिकामा रहेका नेपालीहरुमाझ पनि जातीय विभेद’


प्रकाशित मिति : चैत्र ६, २०७४ मंगलबार

– दीपक परियार

अमेरिकामा रहेका नेपालीहरुमाझ पनि जातीय विभेद हुने गरेको न्युयोर्कमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । नेपालीहरुले अमेरिकामा कोठाभाडा लगाउनेदेखि रेष्टुरेण्ट लगायतका स्थानमा काममा लगाउनेसम्ममा जातीय विभेद गर्ने गरेका छन् । वक्ताहरुले अमेरिकामा नेपालीहरुबीच जातीय विभेदको बिरुद्धमा आवाज उठाएका छन् ।

‘अन्तरराष्ट्रीय जातीय विभेद उन्मुलन दिवस’ को अवशरमा जातीय विभेद र छुवाछूतको अन्त्यको माग गर्दै कार्यक्रम गरिएको हो । तीन नेपाली संस्थाहरू नासो कम्यूनिटी अमेरिका, एड्वान र आईसीडिआरले सामाजिक सद्भावको प्रबर्धन गर्दै जातीय छुवाछूतको अन्त्य गरौं भन्ने नारा सहित न्युयोर्कको ज्याक्सनहाइटमा रहेको सत्यनारायण मन्दिरमा कार्यक्रम गरेका हुन् । कार्यक्रममा वक्ताहरूले नेपालबाट र अमेरिका लगायत बिदेशी भूमिमा रहेको नेपाली समाजबाट जातीय विभेद र छुवाछूत बिद्यमान रहनु लज्जास्पद र मानव जातिको कलंक भएको भन्दै, यसको अन्त्य गर्ने कारणहरूबारे बिचार मन्थन गरेकाछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नासो कम्यूनिटी अमेरिकाका केन्द्रीय अध्यक्ष गोपाल विश्वकर्माको सभापतित्वमा सम्पन्न समारोहमा स्वागत मन्तव्य नासो कम्यूनिटी न्यू योर्क च्याप्टर अध्यक्ष रायन लामगाडेले व्यक्त गरेका थिए भने दिवसको महत्ताबारे एवन संस्थाकि संस्थापक अध्यक्ष, जर्सी सिटी शहर मेयरकी सल्लाहकार सामाजिक अभियन्ता डा. विष्णुमाया परियार र आईडिसिआरका अध्यक्ष डिबि सागरले व्यक्त गरेका थिए । आईसब्रेकर सम्बोधन ईण्ड अफ काष्ट अर्गका संचारकर्मी प्रदीप परियार थापाले गरेका थिए भने समारोहको सन्चालन नासो कम्यूनिटीका महासचिव पूर्ण बराईलीले गरेका थिए ।

उक्त दिवस समारोहका अतिथि एवं वक्ताहरूमा पूर्व सभासद कमला विश्वकर्मा, नेपाली महावाणिज्यदूत मधु मरासिनी, वाणिज्यदूत कृशु क्षेत्री, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) अध्यक्ष मानबहादुर राना मगर, नेपाल सरकारका एनआरएन सल्लाहकार अधिवक्ता खगेन्द्र जिसी, एनआरएनए एनसिसी अमेरिका महासचिब बाबुराम लामा, प्रवासी नेपाली मन्च युएसए पूर्व अध्यक्ष सन्जय थापा, अधिकारकी डाईरेक्टर अफ अर्गनाईजिंग एण्ड एड्भोकेसी नर्वदा क्षेत्री, नेपाली अमेरिकन कलाकार संघ अध्यक्ष सुमन बुढा मगर, अमेरिका नेपाल फ्रेण्डसीप सोसाईटीका पूर्व अध्यक्ष डा. तारा निरौला, केरेन अर्ग कार्यकारी निर्देशक वकिल एलिजाबेथ डिमब्रोस्की, आईडिसिआर कार्यकारी सदस्य एलिजाबेथ क्ले रोए, अम्बेडकर ईन्टरनेसनल मिसन एण्ड ईण्डिया फर डाईभर्सिटी प्रोफेसर जयस्री काम्बले, अन्तरराष्ट्रीय नेपाली साहित्य समाजकी पूर्व अध्यक्ष गीता खत्री, किरात याक्थुम चुम्लुंग अध्यक्ष दिपेश लिम्बु, वुमन फर कज (डब्ल्यूएफसी) की अध्यक्ष गीता पोख्रेल, प्रवासी नेपाली मन्च युएसए उपाध्यण टेक गुरूंग, नेपाली जनसम्पर्क समिति अमेरिका संगठन बिभाग प्रमुख बेद खरेल, अधिकारकर्मी एवं संचारकर्मी शैलेश स्रेष्ठ, माईती नेपालकी कानूनी अधिकृत उमा तामांग, एनआरएन आईसिसी सदस्य बन्दना कोईराला, एनआरएन आईसिसी सदस्य गोमा सेन, एनआरएन न्यू योर्क च्याप्टर अध्यक्ष रामहरी अधिकारी र मानवअधिकारकर्मी धनिराम सापकोटा थिए। समारोहमा साहित्यकार शकुन ज्ञवालीले कविता र अधिकारकर्मी पवित्रा दासले जातीय विभेद सम्बन्धी मार्मिक गीत प्रस्तुत गरेकी थिईन् ।

तपाईको समुदायका पनि कुनै गतिविधि प्रकाशित गर्न चाहनुहुन्छ भने [email protected] मा इमेल गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com