भारतमा विमान दुर्घटनाग्रस्त


प्रकाशित मिति : चैत्र ६, २०७४ मंगलबार

चैत ६, नयाँ दिल्ली । भारतीय वायु सेनाको एउटा विमान मं‌गलबार दुर्घटनाग्रस्त भएको छ । पश्चिम बंगालको कलाईकुन्डा एयरबेसबाट उडान भरेको भारतीय वायुसेनाको हक विमान ओडिसा(झारखण्ड सीमा नजिकैक दुर्घटनाग्रस्त भएको हो ।

भारतीय वायु सेनालाई उधृत गर्दै प्रकाशित समाचार अनुसार विमान उडाइरहेका प्रशिक्षक पायलट सुरक्षितरुपमा बाहिर निकल्न सफल भएका छन् । यो विमान एक नियमित प्रशिक्षण उडानमा थियो ।

विमान दुर्घटनामा परेपछि कोर्ट अफ इन्काइरीको आदेश दिइएको छ। हक एक आधुनिक ट्रेनर विमान हो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com