बबई नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु


प्रकाशित मिति : चैत्र ५, २०७४ सोमबार

 

चैत ५, दाङ । बबई नदीमा डुबेर एक युवकको मृत्यु भएको छ। बबई गाउँपालिका २ निवासी २४ वर्षीय भरत खड्काको बबई नदीमा नुहाउन गएका बेला सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। बबई गाउँपालिका ५ मा रहेको झरनास्थित बबई नदीमा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख प्रहरी नायव निरीक्षक नारायण चौधरीले बताए। सोमबार दिउँसो साथीसँग पिकनिक गएका खड्का नुहाउने क्रममा बबई नदीमा डुबेर मुत्यु भएको प्रहरीले जानकारी दिएको छ। रुकुमका खड्का अध्ययनका लागि दाङ बस्दै आएका थिए। खड्काको शवलाई पोष्टमार्टमका लागि तुलसीपुर पठाएको प्रहरीले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com