Follow @khasokhasmag

उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले आज लिए शपथग्रहण


प्रकाशित मिति : चैत्र ५, २०७४ सोमबार

चैत ५, काठमाडौं । नवनियुक्त उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उपराष्ट्रपति पुनले शपथग्रहण गरेका हुन् । सपथग्रहण समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कायम मुकायम प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, सांसदलगायतको उपस्थिति थियो ।

पुनः आइतबार उपराष्ट्रपति पदमा निर्विरोध निर्वाचित भएका थिए ।

 

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com