पूर्वप्रधानन्यायाधीश पराजुलीविरूद्ध प्रहरीमा उजुरी


प्रकाशित मिति : चैत्र ५, २०७४ सोमबार

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रसम्बन्धी अपराध गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ।

गुल्मीका मदन भण्डारीले सोमबार  महानगरीय प्रहरी परिसर टेकुमा उक्त जाहेरी दिएका हुन्।

पराजुलीले नागरिकताको प्रतिलिपि बनाउँदा उमेर सच्याएकोशैक्षिक योग्यताका प्रमाणपत्रमै फरक उमेर भेटिएको र शैक्षिक योग्यताको प्रमाणपत्र बुझाउनु पर्ने ठाउँमा नबुझाएको जाहेरीमा उल्लेख छ।

नागरिकता मा एउटा मितिसेवा प्रवेश गर्दा अर्को मिति शैक्षिक प्रमाणपत्रहरूमा अलगअलग मिति भएका पराजुलीले प्रधानन्यायाधीशको पद लम्ब्याउनको लागि शैक्षिक प्रमाणपत्रका कागजात न्यायपरिषद् सचिवालयमा समेत पेश गरेनन्। यस्तो अपराधिक मानसिकता भएका व्यक्तिका शैक्षिक प्रमाण र नागरिकताको बारेमा सत्यतथ्य छानविन गरी निजलाई हदैसम्मको कारबाही गरी पाऊँ,’  जाहेरिमा भनिएको छ, ‘निज गोपाल पराजुलीको कार्य नागरिकता ऐन२०६३ को कानूनी व्यवस्थाविपरित भएकाले अनुसन्धान गरी निजलाई हदैसम्मको कारबाही गरि पाऊँ।

नेपाल ल क्याम्पस, परिक्षा नियन्त्रण कार्यालयजिल्ला प्रशासन कार्यालय जस्ता निकायबाट उनका नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रबारे सोधपुछ गरी आवश्यक कारवाही गर्न पनि जाहेरीमा माग गरिएको छ।

नेपाल ल क्याम्पस,नेपाल कानून व्यवसायी परिषद्परिक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरजिल्ला प्रशासन कार्यालय तनहुँजिल्ला प्रशासन कार्यालय काठमाडौं,न्यायपरिषद्,कर्मचारी कल्याण कोषलगायत निजको शैक्षिक प्रमाणपत्र र नागरिकता प्रतिलिपी रहने निकायसँग सोधपुछ गरी आवश्यक प्रकृया अगाडि बढाइ पाऊँ,’ जाहेरीमा उल्लेख छ।

प्रहरीले जाहेरी दर्ता गरेको र आवश्यक कागजात झिकाइ अनुसन्धान अघि बढाउने बताएको  उजुरीकर्ता भण्डारीले जानकारी दिएन।

न्यायपरिषदका सचिवले पदमुक्त गरेपछि पराजुलीले गत बिहीबार राजीनामा दिएका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com