सिरियामा एक बेलायती स्वयंसेविकाको मृत्यु


प्रकाशित मिति : चैत्र ५, २०७४ सोमबार

सिरियामा कार्यरत  एक बेलायती स्वयंसेविकाको युद्धका कारण मृत्यु भएको छ।

टर्की समर्थित सेनाले गरेको बमवर्षाका कारण गत मार्च १५ का दिन २६ वर्षीया अना क्याम्बेलको मृत्यु भएको हो।

क्याम्बेलको पिताले उनको मृत्यु भएको पुष्टि गरेका हुन्। उनका अनुसार आफ्नी छोरी निकै प्रतिभाशाली र सहयोगी मनको रहेकी थिइन्। युद्धमा शान्ति स्थापनाका खातिर जाँदा युद्धकै शिकार हुनु परेकोमा परिवारमा ठूलो चोट पुगेको पनि उनले बताए।

गत जनवरीदेखि सीमा विवादका कारण टर्कीले कुर्दिश लडाकुका सामू युद्ध गरिरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वयंसेविका अना क्याम्बेल बेलायत छँदा पलम्बरको रूपमा कार्यरत थिइन्। तर सिरिया युद्धका कारण विक्षिप्त बनेर उनी मानव सहायताका लागि गत वर्षको मे महिनामा सिरिया पुगेकी थिइन्।

पछिल्लो समय सिरियामा विदेशी निकायका कर्मचारी तथा स्वयंसेवकहरू पनि युद्धको मारमा परेका खबर बढेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com