बागलुङ बलेवा विमानस्थलमा आज तारा एअरको विमान सफल अवतरण


प्रकाशित मिति : चैत्र ५, २०७४ सोमबार

चैत ५ बागलुङ । २६ वर्षपछि बलेवा विमान स्थलमा केही समयअघि तारा एअरको ट्विनओटर विमानले उडान भरेको छ । विमान स्थल मर्मत गरेपछि परीक्षण उडानमा आज सो विमान बलेवामा अवतरण गरेको हो ।

आज बलेवा बिमानस्थलमा आवतरण गरेको विमानमा नेपाल उड्डयन प्राधिकरणका प्रबन्धक इन्दुराज अधिकारीको नेतृत्वमा नागरिक उड्डयन प्राधिकरण पोखराका इन्जिनियर इन्द्रराज ओझा र सञ्चार तथा उड्डयन सहायक विभागका इन्जिनियर ताराकान्त शाह सहित १५ जनाको प्राविधिक टोली आएको थियो ।

पोखराबाट आएको तारा एअरको विमानले बलेवा विमानस्थलको धावनमार्गमा दुवैतिरबाट पटक पटक परीक्षण उडान भरेको बताउदै निमित्त प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले प्राविधिक टोलीले विमान नियमित सेवा सन्चालन गर्न हुने नहुने सम्वन्धमा प्रतिवेदन दिएपछि सोहीअनुसार हुने जानकारी दिए ।

यही चैत महिनाको दोस्रो सातादेखि काठमाडौँ बलेवाका लागि हप्तामा दुई पटक उडान भर्ने गरी दुई विमान कम्पनीहरुसंग संझौता भइसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com