श्रीमान्ले सौता ल्याएको रिसमा एक महिलाले घरमा आगो लगाउँदा, दुई सन्तानको जलेर मृत्यु


प्रकाशित मिति : चैत्र ५, २०७४ सोमबार

चैत ५, रामेछाप– श्रीमान्ले कान्छी श्रीमती ल्याएको रिसमा घरमा आगो लगाउँदा एक महिलाले आफ्ना दुई सन्तान गुमाएकी छिन्। रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुमकी २५ वर्षीया तारा केसीले घरमा आगो लगाउँदा २ सन्तानको जलेर मृत्यु भएको हो।

आइतबार राति कान्छी श्रीमतीको विषयलाई लिएर उनले श्रीमान्सँग झगडा गरेकी थिइन्। झगडाको रिसमा उनले आगो लगाएकी हुन्। आगोमा परेर उनका ४ वर्षीय छोरा विपिन र २ वर्षिय छोरी रमिताको मृत्यु भएको हो।

उनीहरु बाँसको कटेजमा बस्दै आएका थिए। सोही कटेजमा उनले आगो लगाइदिएकी हुन्। आगो दन्किएपछि बच्चाको उद्धार असम्भव भएको हो।

ततारा र उनका श्रीमान् दिलबहादुरलाई पक्राउ गरी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक अमरेन्द्रकुमार सिंहले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com